Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

महिलामाथि हुने हिंसा

         ||   213 Views   ||   Published Date : 9th December 2011 |

अहिले तपाई जहाँ हुनुहुन्छ, यहाँसम्म आइपुग्न तपाईले के–कस्ता संघर्ष र मेहनत गर्नुप¥यो ?

छोरी, बुहारी र आमा घरभित्र स्थापित हुन त सहज छु । तर, बाहिर समाजमा स्थापित हुन उनीहरुले गर्नुपर्ने संघर्ष र मेहनत मैले सबै गर्नुप¥यो, पारिवारिक सम्पूर्ण दायित्व निभाएर समय मिलाउन मात्र होइन विवाहित जीवनमा पढ्न, जागिर खान र सामाजिक क्रियाकलापमा संलग्न हुन प्रशस्त संघर्ष गरियो र मेहनत पनि ।

यहाँहरुले जेसिजमा पुरुषसँग समावेशी नबनाई महिलाको मात्र छुट्टै संस्था बनाउनुको कारण के होला ?

पुरुषसँग समावेशी रुपमै दाङका महिलाहरु लामो समयसम्म रहेका हुन् । पुरुष मित्रसँगको लामो सहकार्य, सामाजिक परिवर्तन र चेतनाले महिलाहरु आफै पनि नेतृत्वदायी भूमिकामा सहारा नखोजेर अडिन सक्छन् भन्ने आत्मविश्वासका लागि पनि यो जरुरी छ । पुरुष साथीहरुसँग सहयोगको आदान प्रदान सौहार्दताका साथ भइरहेको छ ।

तपाई महिला जेसीजको अध्यक्ष भएपछि महिलाका समस्याका बारेमा नजिकबाट के–कत्ति बुझ्नुभयो र के कस्ता कामहरु गरिरहनुभएको छ ? बताइदिनुहोस न् ।

हामी हाम्रो समुदायसँग गाँसिएका छौँ । महिला भएको नाताले समुदायका महिलाले भोग्नुपरेको उत्पीडन, शोषण र हिंसासँग हामी असाध्य नजिकबाट परिचित छौँ । जेसिज अध्यक्ष भइसकेपछि समस्याको नयाँ पहिचान भयो भन्दा पनि हामीले पहिचान गरेका समस्यासँग लड्ने अवसर प्राप्त भएकोजस्तो लागेको छ । यसमा पनि हामीले प्रत्यक्षरुपमा दुई ढंगले काम गरेका छौँ । एउटा त महिलाका पीडाका विरुद्धमा हामीले जेसीज महिला मञ्च खडा गरेर त्यसको माध्यामबाट समस्याका बारेमा गम्भीरता सिर्जना गरेर सरोकारवालामाथि प्रशस्त दबाब सिर्जना ग¥यौँ । त्यसैगरी गाउँ–गाउँमा गएर संविधानमा महिलाका सवालजस्ता सैद्धान्तिक विषय तथा पारिवारिक हिंसाजस्ता व्यवहारिक विषयमा काम गरेका छौँ । अर्कोतर्फ हामीले हाम्रा जेसीज सदस्यहरुको क्षमता वृद्धिका लागि असाध्य प्रतिफल दिने खालका तालिम सञ्चालन गरेका छौँ । विभिन्न कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी दिएर उनीहरुलाई चुनौतीको सामना गर्ने सीप र हिम्मत दिएका छौँ । जेसीज उद्देश्यअनुरुप अगाडि बढेर महिलाहरुको सम्बन्धमा सार्थक काम गरेजस्तो लागेको छ । यसले मलाई मानसिक सन्तुष्टि दिएको छ ।

प्रतिदिन महिला अधिकारका सम्बन्धमा काम गर्ने संस्थाहरु खुलिरहेका छन् र पनि  महिलाका समस्या र उनीहरुमाथि हुने घरेलु हिंसा घट्नुको साटो झन् बढ्दै गइराखेको देखिन्छ, यसो हुनुको कारण के होला ?

एउटा त समाजमा बढिरहेको अनैतिकता, अराजकता हो । यसले अपराधी प्रवृत्ति बढाइरहेको छ । यसबाट सबै समाजसँगै महिलाहरु पनि प्रभावित भइरहेका छन् । अर्को राज्यको अनुत्तरदायी चरित्र हो । कानुनसम्मत राज्य चल्न नसक्नु हो । यसमा हामी महिलाको अशिक्षा, पछौटेपन र आत्मविश्वासको कमी पनि दोषी छ ।

अहिले महिला हिंसाविरुद्धको १६ दिवसीय अभियान चलिरहेको छ, महिलाहरु नै यस अभियानप्रति त्यति उत्साहित भएको देखिदैन ।

उत्साहको बारेमा त सञ्चारकर्मीहरुलाई नै थाहा होला । म सामान्यरुपमा के भन्न सक्छु भने कुनै अभियान सफल हुनुमा लक्षित वर्गको मन विश्वास जित्नु असाध्य ठूलो कुरा हो । यी अभियानमा महिलाहरुको चासो किन घट्यो भन्ने एकीन गरेर त्यो पक्षमा ध्यान दिनुपर्छ । यी अभियानहरुले पनि केही न केही सकारात्मकता थपेकै हुन्छन् । यसलाई प्रभावकारी बनाउनेतर्फ भने अभियानकर्ताहरु सजग हुन जरुरी छ ।

जिल्लामा घरेलु हिंसापीडित महिलाहरुको अवस्थाका बारेमा यहालाई के थाहा छ ? समाजमा हुने सबैखाले हिंसाहरुको अन्त्य गर्न कस्तोखाले अभियान चलाउनु पर्ला ?

हाम्रो जिल्लाका निम्न वर्गीय महिलाहरु असाध्यै नारकीय जीवन बिताइरहेका छन् । छाक बासको पीडासँगै सन्ततिको दुर्दशाको पीडा भोगिरहेका महिलाहरु जब घरेलु हिंसाको शिकार बन्छन्, त्यतिबेलाको दुर्दशा असाध्यै पीडादायक छ । सँगसँगै लोग्ने र परिवारको सम्पत्ति र आयका कारणले राम्रो आर्थिक अवस्था भएका मानिने महिलाहरु पनि चरम हिंसाको शिकार बनेका छन् । पहेँला गहनामुनि निलडाम लुकाएर, मनभरि कुण्ठा र अपमान सहेर बसेका छन् ती दिदीबहिनीहरु । महिलामाथि हुने हिंसा हेर्दा त यो समाजलाई सभ्य भन्दा हाँसो उठ्छ । यसको निवारणका लागि देखावटी कार्यक्रमहरु भन्दा पनि पूर्णतः समर्पित भएर महिलाहरुलाई जरैदेखि उठाउने अभियानहरु जरुरी छन् । समस्या हामी सामाजिक कार्यकर्ताहरुको नियत र प्रतिबद्धतामा छ । निष्ठापूर्वक अभियान प्रभावकारी बन्न सक्छ ।

महिला हिंसा हुनुमा महिलाको भूमिका नै बढी जिम्मेवार देखिन्छ नि यसबारेमा के भन्नुहुन्छ तपाई ?

महिला हिंसा हुनुमा परपीडक प्रवृत्ति जिम्मेवार छ । अर्कालाई सताउने यो प्रवृत्ति महिलाहरुमा छ । तर, महिलाहरुको भूमिका बढी मान्न सकिदैन, यो सहायक तत्व हो । महिला मैत्री समाज निर्माण गर्ने अभियान चलाएर महिलाहरुको यो कमजोरी हटाउने प्रयास भने जरुरी छ ।

महिला हिंसा बढिरहदा मुख्य नेतृत्वमा जाने खालका महिला अधिकारवादी सामाजिक कार्यकर्ता उत्पादन हुन नसक्नुको कारण के हुन सक्छ ?

नेतृत्वमा जाने महिलाहरु नभएका मान्न सकिदैन् । अहिले यो राजनीतिक परिवर्तनपछि संविधानसभामा यस्तो राम्रो महिला उपस्थिति छ । तर, महिला हिंसा रोक्न यो महिला ऊर्जा प्रभावकारी बनिरहेको छैन । तर, प्रशस्त कामहरु बनिरहेका छन् । वातावरण पनि अहिले हिंसाविरुद्धमा तयार हुँदैछ । केही नभएको भन्ने नकारात्मक मानसिकता नराखौँ । तर, गर्न अझैँ बाँकी छ । महिलाका आँसुले हाम्रा खोलानाला अझै नुनिला छन् । प्रयास निरन्तर र अझ सघन पनि जरुरी छ ।

सबै क्षेत्रमा महिलाको समावेशीकरणका लागि राज्य र राजनीतिक दलहरुले के कस्तो भुमिका खेल्नुपर्ला ?

सबैभन्दा पहिले त महिला समावेशीकरण गर्ने उद्देश्यका साथ महिलामैत्री संविधान, त्यसपछि त्यसको कार्यान्वयनमा इमान्दारी र संवेदनशीलता यही हो राज्य र दलहरुबाट हामीले चाहेको सहयोग ।

नयाँ संविधानमा छुट्टाउनै नहुने कुराहरु के–के हुन्जस्तो लाग्छ यहाँलाई ?

देशको अखण्डता, प्रजातन्त्रका मुख्य आधारहरुको संरक्षण र परिवर्तनको पर्खाइमा बसेकाहरुको संरक्षणका लागि आवश्यक व्यवस्था यी तीनवटा आधारमा हाम्रो संविधान अडिनुपर्छ ।

अन्त्यमा भन्न छुटेका केही कुराहरु छन् भने…. ?

आफ्ना अधिकारका लागि सक्षमता र क्रियाशीलता नभई नहुने चीज रहेछ । क्षमताको विश्वास गरेर मात्र हाम्रा उपलब्धि दिगो बन्न सक्छन् । महिला जेसीजको अध्यक्षकी नाताले नेतृत्व क्षमता विकास गरेर अघि बढ्न सबै महिला एवम् पुरुष मित्रहरुलाई जेसीज अभियानमा समाहित हुन आह्वान गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np