Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

क्युबाली कारागारमा रहेका अधिकांश महिला हिंसापीडित

         ||   211 Views   ||   Published Date : 24th August 2014 |

क्युबाली कारागारमा रहेका अधिकांश महिला हिंसापीडित

 

  • आइभेट गोञ्जालेज

हवाना । हिंसात्मक श्रीमान् वा प्रेमीको हत्या गरी कारागारमा थुनिएका क्युवाली महिलाको इतिहासले ˚ौजदारी संहितामा व्यापक सुधार गर्नुपर्ने खा“चो रहेको देखाएको छ ।
कारागारमा थुनामा रहेका झण्डै चार हजार क्युवाली महिलामध्ये झण्डै ६३ प्रतिशत भ्रष्टाचार र चोरीका काण्डमा मुछिएका छन् ।
तर “हामीसँग यहाँ रहेका महिला कैदीहरुले घरेलु हिंसास“ग सम्बन्धित निकै गम्भीर किसिमका अपराध ब्यहोरेका छन् । उदाहरणका लागि, हत्यामा दोषी ठहरिएका अधिकांश ती महिलाहरूले श्रीमान्को दुव्र्यवहार खप्न नसकेर हत्या गरेको वा बलात्कारी बाबुको हत्या गरेका छन् । यी मुद्दाहरूका सम्बन्धमा भिन्न कानुनी व्यवहार गरिनुपर्दछ,” हवाना महिला
कारागारका निर्देशक ले˚्टीनेन्ट कर्णेल सारा रुबिओले बताइन् ।
“मौजूदा ˚ौजदारी संहिताले यस्ता किसिमका परिस्थितिलाई भिन्न किसिमले व्यवहार गर्दैन,” स्थानीय र विदेशी पत्रकारहरूले चारवटा बन्दीगृहको भ्रमण गरेपछि रुबिओले हालै आईपीएसलाई बताइन् । अन्तर्राष्ट्रिय प्रेसका निम्ति क्युवाली अधिकारीहरूले बन्दीको अवस्था बुझ्न सन् २००४ पछि आमन्त्रण गरेको यो पहिलोपटक हो ।
राज्यकोषको दुरूपयोग, चोरी र हत्याजस्ता अपराधका निम्ति क्युवामा ८ देखि ३० वर्षको जेल सजाय हुने कानुनी प्रावधान छ । देशकै सबैभन्दा ठूलो महिला कारागारकी प्रमुखका रूपमा कार्यरत रुबिओले “लैंगिक हिंसास“ग सम्बन्धित मुद्दाहरूका लागि
विशेष व्यवहार गर्नुपर्ने आवश्यकता रहेको” बताइन् । क्युवाली नागरिक समाजले पनि देशको कानुनमा व्यापक सुधार गरी त्यसलाई लैंगिकमैत्री बनाउन आग्रह गरिरहेको छ ।
यथार्थमा, नागरिक समाज संस्थाहरू र राज्यका निकायहरूले घरेलु हिंसास“ग सम्बन्धित विशेष कानुनका निम्ति सन् २००७ देखि नै अभियान सञ्चालन गरिरहेका छन् । सन् २०१२ मा यो अभियान देशका कूल १५ प्रान्तमध्ये आठवटामा पुगिसकेको छ । यसबाहेक, वेश्यावृत्तिजस्ता अपराध बापतको छोटो जेल सजायलाई अस्थायी बनाइनुपर्दछ, रुबिओले भनिन् । क्युवाले सबै किसिमका यौन व्यापारलाई गैरकानुनी ठहर गरी प्रतिबन्धित गरेको छ ।
हवाना नजिक रहेका कारण एल गुटाओ भनेर परिचित यो कारागार दुईमध्ये एउटा हो जहा“ महिला बन्दीहरूलाई कडा सुरक्षाबीच राखिएको छ । अर्को यस्तै कारागार हवानाबाट ५ सय ३४ किलोमिटर टाढा कामागेमा रहेको छ । यसबाहेक, देशभर अन्य १६ वटा केही खुकुला महिला कारागार रहेका छन् ।
मे १ तारिखका दिन क्युवा सरकारले राष्ट्रसंघीय मानव अधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षासमक्ष आ˚्नो कारागार नीति प्रस्तुत गर्नुपर्नेछ । जेनेभामा यही वर्षको अप्रिल २२–मे ३ मा परिषद्को सत्र आयोजना हुन लागेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरू र देशभित्रैका विपक्षी समूहहरूले क्युवाको कारागार नीतिको आलोचना गरेका छन् ।
राष्ट्रिय कारागार विभागका उपप्रमुख कर्णेल ओस्मानी लेभ्याका अनुसार क्युबाका कारागारमा रहेका मानिसको संख्या ५० हजार भन्दा बढी छ । क्युबाको कूल जनसंख्या १ करोड १२ लाख छ । कारागारमा बन्दी रहेकाको यो संख्या मे २०१२ को तुलनामा केही कम हो । लेभ्याको भनाइमा त्यसबखत बन्दीहरूको संख्या ५७ हजार ३३७ थियो ।
क्युवाका दुई सय बन्दीगृहबाट हरेक दिन “बन्दीहरूलाई रिहाइको सुविधा पनि दिइएको छ,” उनले बताए । राम्रो व्यवहार प्रदर्शन गरे कैद भुक्तानीको समय कटौती गरिदिने र सुधारात्मक बाह्य रोजगारजस्ता वैकल्पिक अवसर उपलब्ध गराइने पनि उनले बताए । यही कारण दिनदिनै कैदीबन्दीको संख्या घट्छ, उनले भने ।
तर, सन् २००९ मा सञ्चालन गरिएको भ्रष्टाचार विरोधी अभियानले कारागारमा थुनुवाहरूको संख्या बढाएको अनुमान गरिएको छ । रुबिओका अनुसार क्युबाका महिला कैदीबन्दीमध्ये ६३ प्रतिशत राज्यकोषको दुरूपयोग, चोरी, ठगी, पकेटमारी र डाकाजस्ता मुद्दामा दोषी पाइएका छन् । यीमध्ये अधिकांश आर्थिक वा भ्रष्टाचारस“ग सम्बन्धित अपराध छन्, जसले सबैभन्दा बढी हामीलाई असर पारिरहेको छ, उनले बताइन् ।
रुबिओले रेखदेख गर्ने कारगारमा चार सय महिला छन् र उनीहरूको उमेर ३१ देखि ५९ वर्षको हाराहारीमा छ । महिलाले अपराध खासगरी परिपक्व उमेर भएपछि गरेको देखिएको छ, र उनीहरूले यस्ता कार्यमा ३० वर्षभन्दा माथि पुगेपछि गरेको पाइएको छ ।
यहा“, महिलालाई कोठामा थुन्ने गरिन्न, उनीहरू ठूलो कोठामा खुलारूपमा बिछ्याइएको ओछ्यानमा सुत्छन् । यहा“ मनोरञ्जन स्थल, खेलकुद क्षेत्र, टेलिभिजन, खाना खाने ठाउ“, भान्छा र कक्षाकोठा पनि छ । कैदीहरूलाई सार्वजनिक ˚ोनको पहु“च पनि उपलब्ध छ । उनीहरूलाई परिवारस“ग हप्ताको एकपटक भेटघाट गर्न दिइन्छ, र दम्पतीस“ग भेट गर्न हरेक २१ दिनमा दिइन्छ ।
लाजारा लोपेज एकल आमा हुन् जसका १५ वर्षकी छोरी र आठ वर्षका छोरा छन् । चोरीको अभियोगमा एल गुटाओमा थुनामा रहेकी उनले ६ वर्षमध्ये १ वर्षको जेलसजाय काटिसकेकी छिन् । “मैले उनीहरू (छोराछोरी)कै निम्ति गरेको हो । अहिले मलाई पश्चाताप लागिरहेको छ किनभने उनीहरूका निम्ति मेरो सा“च्चिकै जरुरी थियो,” उनले आईपीएसलाई बताइन् । “मेरी छोरीले सानो छोरालाई पनि हेरचाह गर्नु परिरहेको छ,” हवाना निवासी यी ३३ वर्षीया आमाको गुनासो छ ।
बालबच्चा हुर्काउने र परिवारको हेरचाह गर्ने जिम्मेवारी सम्हालेका यी महिलाहरू कारागारमा थुनिएका बखत पनि यो भूमिका आ˚्ना नातेदारलाई सुम्पन वा उपेक्षित ढंगबाट राख्न हत्तपत्त तयार हु“दैनन् ।
“उनीहरू महिला हुन्, हामीहरूजस्तै,” कारागार शिक्षाकर्मी मिनिसलेडी काल्डेरोनले आईपीएसलाई बताइन् । “कहिलकाहि“ हामी उनीहरूस“ग शान्तिस“ग रहन र राम्रो व्यवहार प्रदर्शन गर्न कुराकानी गर्दछौं,” ८० जना बन्दीलाई पढाउ“दै आएकी यी युवतीले भनिन् । पुनःशिक्षाको एक हिस्साका रूपमा अधिकांश महिलाले जेलबाहिरका राज्य सञ्चालित संस्थाहरूमा काम गर्न रुचाएका छन् ।
पूर्व राष्ट्रपति ˚िडेल क्यास्ट्रोको सरकारले कारगारलाई स्कुलमा रूपान्तरित गर्ने नीतिलाई प्रबद्र्धन गरेको थियो ताकि कैदीबन्दीहरूले आ˚्नो औपचारिक शिक्षालाई निरन्तरता दिन सक्नेछन्, व्यापार गर्न सिक्ने वा राज्यका संस्थाहरूमा काम गर्न सक्नेछन् । एल गुटाओका ३८ प्रतिशत महिलाले शैक्षिक कोर्समा सहभागी हुन नाम लेखाएका छन् । उनीहरूले खेलकुद र सांस्कृतिक क्रियाकलापका साथै समुदायमा घुलमिल हुने अवसरमा पनि पहु“च पाएका छन् ।
कारागारमा केही १६ र ३० वर्ष हाराहारी उमेरका महिला कैदी पनि छन्, र एल गुटाओमा त्यस्ता बन्दीको संख्या ३ प्रतिशत छ । तीमध्येकी एक हुन् प्राथमिक स्कुलकी शिक्षिका १९ वर्षीया दमायान्तीस रेयेस । उनी अहिले पा“च महिनाकी गर्भवती हुन् । उनी शारीरिक चोट पु¥याउने गरी भएको एक घटनामा दोषी ठहर गरिएका कारण डेढ वर्षको जेलसजाय काटिरहेकी छिन् ।
कारागारमा बन्दी रहेका गर्भवती महिलाले जेलबाहिर पाएसरहको स्वास्थ्य हेरचाहका साथै विशेष खाना पाउ“छन् । बच्चा एक वर्षको नहु“दासम्म उनीहरूले आ˚्नो बच्चालाई साथमै राख्न पाउ“छन् ।
“अवस्था राम्रै छ र हाम्रो उपचार यहा“ राम्रै भइरहेको छ, तर हामीलाई यहा“ बस्न ठीक लाग्दैन । यहा“ कोही पनि बस्न चाहन्न,” रेयेसले आईपीएसलाई बताइन् । जेल जानासाथ उनका प्रेमीले उनीस“गको सम्बन्ध तोडिसकेका छन् । “म यहा“बाट बाहिर निस्किएपछि पुनः शिक्षण पेसामै ˚र्कन्छु,” उनले भनिन् ।
(आई.पी.एस्.÷एन्.पी.आई.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np