Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

गीतकार दुर्गाको समाजसेवा

         ||   212 Views   ||   Published Date : 27th July 2015 |

गीतकार दुर्गाको समाजसेवा

Durga-Ghale-Thapa-Magar-1

 

कुसुम लेकाली

भनिन्छ, आफूबाट टाढा भएको चिजप्रतिको माया पनि उत्तिकै गाढा हुँदै जान्छ । गीतकार दुर्गा घले थापाको जीवनमा पनि यो कुरा लागु भएको
छ । गीतकार दुर्गा आफू बेलायतमा छिन् तर उनको नेपाल र नेपालीप्रतिको माया, स्नेह र सद्भाव भने अझै चुलिँदै गएको छ । त्यसैले त उनी आफ्नो गास कटाउँछिन् र त्यो पैसा आफ्नो जन्मभूमि नेपालका लागि समाजसेवालाई भनेर छुट्याउँछिन् ।
समाजसेवा दुर्गा घले थापाको पछिल्लो पाटो हो । उनले आफूलाई समाजसेवीभन्दा पहिले गीतकारको रुपमा स्थापित गरेकी छन् । गीतकार र चलचित्र निर्माताको परिचय त उनको छँदैछ, त्यसमाथि आफूलाई समाजसेवामा उभ्याएर अर्को छवि ठड्याउन खोजिरहेकी छन् । गीतकार दुर्गाको पहिलो गीतिएल्बम सन् १९९७ मा “मेरो प्रदेशी” सार्वजनिक भएको थियो । दोस्रो गीतिएल्बमको रुपमा स्रोतामाझ “हस्ताक्षर” लिएर आएकी दुर्गा “हस्ताक्षर–२” को तयारीमा लागेकी छन् । उनले एउटा लवस्टोरी फिल्मका लागि गीत लेखिसकेको र छिट्टै कम्पोज, एरेञ्ज र रेकर्डिङको काम थाल्ने जानकारी दिइन् । “राम्रो कम्पोजर खोजिरहेकी छु”, दुर्गाले भनिन् “काम छिटै काम शुरु हुन्छ होला ।” यद्यपि नेपालमा आएको महाभूकम्पले गर्दा यो काम केही ढिलो हुने जानकारी उनले दिइन् । उनी नेपाली कथानक चलचित्र “हँसिया”को निर्मातृ समेत हुन् ।
हाल बेलायतमा हेयर तथा ब्युटी सैलुन सञ्चालन गर्दै आएकी दुर्गाले यही २०७२ सालको बैशाख १ गते नयाँ वर्षकै दिन नयाँ कामको थालनी गरेकी छन् । बेलायतमा रहे तापनि उनले नेपालका दुर्गम र गरीव तथा पिछडिएका महिलाका लागि अक्षयकोष स्थापना गरेकी छन् । “आफ्नो खर्च कटाएर वा आम्दानी जेबाट भए पनि प्रत्येक वर्ष यो कोषमा ४५ हजार नेपाली रुपैयाँ जम्मा गर्दै जाने योजना बनाएकी छु । त्यसबाट दुर्गम जिल्लाका विपन्न महिलाहरुका लागि सीपमूलक (ब्युटिसियन) तालिम दिने योजना बनाएकी छुु”, दुर्गाले भनिन् । दुर्गाका अनुसार उनको यो प्रयासअन्तर्गत दिइने तालिम ६ महिनासम्मको हुनेछ । “यसले महिलाहरु स्वरोजगार बन्ने मेरो विश्वास छ”, उनले थपिन्, “म मरेर गएपछि पनि मेरो काम दिगो रहोस् र यसबाट भविष्यसम्म नेपाली महिलाहरु लाभान्वित होऊन् भन्ने उद्देश्यले यो अक्षयकोषको स्थापना गरेकी हुँ ।”
“पहिलेदेखि नै सामाजिक कार्यमा रुची थियो”, दुर्गाले भनिन्, “विशेषतः महिला दिदीबहिनीहरुका लागि सोच्थे र सहयोग गर्दै पनि आएकी थिएँ । अब कोष नै खडा गरी
सहयोग गर्ने इच्छा जाग्यो । त्यही भएर यो काम थालेकी हुँ ।” आफूलाई “हेयर स्टाइलिष्ट र ब्युटिसियन” भन्दा नै खुशी लाग्ने बताउँदै दुर्गाले थपिन्, “गीतकार, साहित्यकार, निर्माता सबै रहर मात्र हुन् मेरा ।” आफूले निकै दुःख र मेहनत गरेर ब्युटिसियनसम्बन्धी सीप सिकेको सम्झँदै आफूलाई परेको जस्तै दुःख अरु नेपाली दिदीबहिनीहरुलाई नपरोस् भनेर अक्षयकोषबाट व्यूटिसियन तालिममै केन्द्रित रहने सोचाई रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np