Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

उपसभामुखको बाल्यकाल

         ||   129 Views   ||   Published Date : 28th July 2015 |

9G6YQE9

 

सानो छँदा अत्यन्तै मेहनती र जेहेन्दार विद्यार्थी मध्येमा पर्नुहुन्थ्यो  संविधानसभाका उपसभामुख ओनसरी घर्ती मगर । उहाँको जिज्ञासा मेटाउन विद्यालयका गुरुहरुलाई पनि हम्मेहम्मे पथ्र्यो । सामान्यतया विद्यार्थी जीवनमा शिक्षकहरुले पढाएको कुरा नै अन्तिम मान्ने गरिन्छ तर उहाँको मामलामा भने त्यो लागू भएन । कहिलेकाहीँ त शिक्षक आफैमा आत्मविश्वास नभएको महसुस हुन्थ्यो उहाँलाई । मेहनतका साथ कक्षा सञ्चालन गर्ने र विद्यार्थीलाई सही बाटोतर्फ मार्ग
निर्देशन गर्ने शिक्षकहरुलाई अहिले पनि सम्मानपूर्वक सम्झिनु हुन्छ घर्ती ।
जनजाति परिवारमा जन्मिनु भएकोले होला शायद, अभिभावकबाट भाइ बहिनीहरुबीच विभेद भएको कहिल्यै महसुस भएन उहाँलाई । पढनुपर्छ भन्ने चेतना कलिलो उमेरदेखि नै पलाएको थियो । बाल्यवस्थाका प्रसंगहरु सम्झिँदा रमाइलो अनुभूति हुन्छ उहाँलाई आज पनि । कक्षामा अब्बल विद्यार्थी भए पनि कक्षा प्रथम हुने उहाँको रहर पूरा हुन पाएन । उहाँलाई लाग्थ्यो कक्षामा पहिलो हुने आफ्नो चाहनामा एकजना सहपाठीका कारण पूरा पाएन । आफ्नो प्रतिद्वन्द्वीलाई हिर्काउन पाए जित्न सकिन्थ्यो कि भन्ने भावना उहाँमा आउँथ्यो । घर्ती ढुङ्गा लिएर स्कुल जानु भयो तर शिक्षकले देखेर रोके । शिक्षकले एकान्ततिर लगेर सम्झाउनु भयो, ‘तिम्रो
खेत जग्गा छ । उसको त केही छैन । १÷२ अंकले अगाडि पछाडि हुँदा, केही फरक पर्दैन । तिम्रोभन्दा प्रथम हुने खाँचो उसलाई बढी छ ।’ शिक्षकले सम्झाएपछि, दुई कक्षामा अध्ययनरत ओनसरीलाई बिचरा उही कक्षा फस्ट भए पनि हुन्छ भन्ने लाग्यो । ती शिक्षकलाई र ती सहपाठीलाई के थाहा कि एक दिन उहाँ देशकै प्रभावशाली नेता, मन्त्री र संविधानसभाको उपसभामुख बन्नु हुनेछ भन्ने ।
ओनसरीलाई सब भन्दा कठिन अंग्रेजी विषय लाग्थ्यो । विदेशीहरुको भाषाको व्याकरण पूरै बुझ्न पाए हुन्थ्यो भन्ने उहाँलाई लागिरहन्थ्यो । गाउँदेखि माथि डाँडामा भएको विद्यालय पुग्दासम्म हातमा किताब हुन्थ्यो । बाटोमा हिँड्दा कोही जिस्काउने सहपाठी भेटिएमा उसलाई तह लगाउन सँधै एउटा लट्ठी पनि बोक्नु हुन्थ्यो । उसो त उहाँसँग जिस्किने आँट कसैको हुन्थेन । विद्यालयमा एउटा चकचके थियो, सधै निउँ खोज्दै हिँड्ने । एक दुई पटक उहाँको पनि बाटो छेक्न् खोज्यो । त्यसको जवाफमा लटठ्ी खाएपछि कहिल्यै कसैले पनि ‘पंगा’ लिने आँट गरेन् । स्वभाव छोरा मान्छेको जस्तो भएर पनि होला आमालाई भन्दा पनि बुवालाई बढी सघाउनु पर्ने हुन्थ्यो
ओनसरी । बुवाको काममा सघाउने भएकोले बुवाको बढी निकट हुनु स्वभाविक थियो । बुवाको प्रत्येक काममा उहाँले सघाउनु हुन्थ्यो । पुरुषप्रधान समाजले चुलोचौकोमा महिलालाई कैद गर्ने परम्परालाई उहाँले बाल्यकालमै चुनौती दिन थाल्नुभयो । अन्य सामान्य गाउँका किसानका छोरीझै राजनीतिक, आर्थिक तथा शारीरिक सबै कोणबाट संघर्ष गर्नुप¥यो ।
बाल्यकालकै कुरा; समय खेर फाल्ने चलन प्रायः गाँउमा हुँदैन पनि । आमा भान्छामा हुँदा उहाँ नजिकैको माडी खोलामा माछा मार्न गइहाल्नु हुन्थ्यो । दाउरा, घाँस र बारीको काम गर्न बढी रुचाउनु हुन्थ्यो । अनि भैंसीलाई पानी खुवाउन पोखरीमा लिएर जादाँ पनि उहाँ किताब लिएर जानु हुन्थ्यो । भैंसीमाथि बसेर अंग्रेजी भोकेबल्री कण्ठ गर्नु हुन्थ्यो । सानैदेखि हक्की र निडर स्वभावको हुनुहुन्थ्यो उहाँ । कसै कसैले फुच्ची भनेर हेप्थे । वास्तै नगरी उहाँ खुरुखुरु आफनो काममा लागिरहनु हुन्थ्यो ।
आमा नवमती घर्ती र बुवा प्रसाद घर्तीको पाँचौ सन्तान भएर जन्मिनु भयो ओनसरी घर्तीे । उहाँसहित सात जना दाजु बहिनी हुनुहुन्छ । ओनसरीको परिवार निम्न मध्यम किसान परिवार थियो । बुवा गाउँमा रहेको हुलाक कार्यालयको कर्मचारी हुनुहुन्थ्यो भने आमा खेती किसानीमा रमाउने साधारण महिला । जंकोट गा.बि.स.को माडीचौर रोल्पाकै सबैभन्दा उर्वर भूमिमध्ये पर्दछ । त्यस क्षेत्रमा कृषि उत्पादन निकै राम्रो हुन्छ । साधारणतया सबै किसानहरुलाई खानलाई गाह«ो हँुंदैन । उहाँको बुवा समुदाय र समाजमा सचेत व्यक्ति हुनुहुन्थ्यो । परिवारमा, समाजमा मान्छेको जीवन र राजनीतिक विषयमा छलफल चल्थ्यो । बाल्यकालमा नै यी कुराहरुमा छलफल सुन्दा ओनसरीले परिवारमा नै उहाँले राजनीतिक शिक्षाको प्रारम्भिक ज्ञान हासिल गर्ने वातावरण पाउनु भयो ।
रोल्पाको सदरमुकाम लिवाङलाई तरकारीको आपूर्ति करीब करीब सबै यस क्षेत्रले गर्दै आएको छ । प्रायः कृषकहरु महिला नै हुन्छन् । उनीहरु आफ्नो उत्पादन आफै सदरमुकामको बजारमा पु¥याउँछन । माडीचौरको मलिलो माटोमा धेरै परिश्रम गर्नु पर्दैन । त्यो समयमा तरकारी खेतीलाई व्यवसायिक बनाउनु पर्छ भन्ने मध्ये गाउँमा ओनसरी पनि पर्नु हुन्छ । पहिले त तरकारी घरायसी खपतका लागि मात्र उत्पादन गरिन्थ्यो । गाउँमा कहिले कर्मचारीहरु आए पनि सित्तैमा दिने चलन थियो । तर आफ्नो श्रमको पारिश्रमिक पाउनु पर्छ भन्ने मान्यता थियो उहाँको । त्यो समयमा उहाँ सम्झिनु हुन्छ । गाउँमा दही, दूध, साग तरकारी प्रशस्तै थियो र अन्न पनि निकै राम्रो बर्षभरि पुग्ने गरी उत्पादन हुन्थ्यो । तर हातमा भने पैसा हुन्नथ्यो । बुवाको जागिर थियो, गाउँका अरु साथीहरुको तुलनामा उहाँले नानीहरुको पालन पोषणमा कुनै कमी राख्नु भएको थिएन । तर पनि बारीमा साग तरकारी खेर जान दिनु हुन्न भन्ने लागिरहन्थ्यो उहाँलाई ।
कर्मचारी वा होटेल व्यवसायीहरु अहिलेको समयमा त गाउँमा आउदैनन् भने त्यो समयमा आउने कुरा भएन । अँधेरै उठेर उहाँ साथीहरुसँग तरकारी लिएर सदरमुकाम लिबाङ जानु हुन्थ्यो । साथीहरु लजालु थिए तर उहाँको नेतृत्वमा जान तैयार भइहाल्थे । श्रमप्रतिको सम्मान, आस्था र विश्वास उहाँमा बाल्यकालदेखि नै थियो । तर्क गर्ने र नेतृत्व क्षमता उहाँमा कलिलो उमेरदेखि विकास भएको थियो । बेच्न लगिएका फलफूल र तरकारी पनि उहाँले कहिले फिर्ता ल्याउनु भएन । सँगै गएका साथीसंगीहरु चकित हुन्थे । एकछिन खाली हात नबस्ने सानी ओनसरीले पढाईमा पनि बाधा पुग्न दिनु भएन । नियमित विद्यालय जानु हुन्थ्यो । उहाँलाई मन पर्ने विषय गणित थियो । जंकोट हुँदै माडी खोला बग्ने गर्छ । बाल्यकालमा साथीहरुसँग मिलेर गर्मी याममा पौडी खेलेका दिन अहिले पनि बेलाबखत सम्झना आउँछ उहाँलाई ।
उहाँको राजनीति गाउँको स्थानीय क्लबबाट सुरु भयो । त्यतिखेर उहाँ प्रा.वि. स्तरमा अध्यनरत हुनहुन्थ्यो । उहाँको मामा साइनो पर्ने गिरीमान पुनको अध्यक्षतामा स्थापना भएको क्लबको सदस्य हुनुहुन्थ्यो उहाँ । उतिखेर भनिन्थ्यो, विद्यार्थीहरु शहरतिर गएर कम्युनिष्ट भएर आउँछन । क्लबका एक जना योजनाकार वर्षमान पुन ‘अनन्त’ पछि आएर उहाँको जीवन साथी बन्नु भयो । राजनीतिमा पनि करीब करीब सँगसँगै लाग्नु भयो । राजनीतिकै दौरान सँगसँगै भूमिगत हुनुभयो । एकपटक ओनसरी ‘रातो भाले बास्यो, गरिबीले सँधै रोइरहने बनायो’ बोलको गीतमा क्लबको तर्फबाट छमछम नाच्नु भएको थियो । कार्यक्रमपछि क्लबको अध्यक्षलाई प्रहरी चौकीमा लगी थुनामा राखियो । उहाँको अबोध मस्तिष्कले आफ्नो क्लबको अध्यक्षलाई के कारणले गिरफ्तार गरिएको छुट्टाउन् सकेन्, तर प्रशासनप्रति निकै घृणा पलाएर आयो । गाँउघरमा गिरफ्तारीका बारेमा कुरा चल्दा उहाँ अत्यन्तै चासोका साथ सुन्नुहुन्थ्यो । त्यस घटनाप्रति उहाँ पनि अत्यन्तै चिन्तित हुनु भएको
थियो । चार दिनपश्चात अध्यक्ष छुटेर आएपछि उहाँको खुशीको सीमा रहेन । यो घटना उहाँको मानसपटलमा कहिल्यै नमेटिने गरी बसेको छ । उमेर बढदै गयो र चेतनास्तर पनि बृद्धि हँुदै गयो । विद्यार्थी राजनीतिको पनि सुरुवात भयो । बाल्यकालका केही साथीहरु राजनीतिमा पनि सँगसँगै लागे । कतिपय बाल्यकालका मित्रहरु युद्धमा पनि सहयोद्धा बने ।
प्रस्तुति ः लक्ष्मी पुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np