Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

कोलेस्टेरोल बढेमा के गर्ने ?

         ||   222 Views   ||   Published Date : 29th July 2015 |

SGT-Aruna-1_teaser

डा. अरुणा उप्रेती
हाल कोलेस्टेरोलको बारेमा धेरै सुन्न र पढ्न पाइन्छ । रगतमा कोलेस्टेरोल बढेपछि मुटुमा धेरै समस्या हुन्छ । कोलेस्टेरोल भनेको एक प्रकारको चिल्लो पदार्थ हो, जुन शरीरमा बगिरहन्छ । जब यो बढी हुन्छ हाम्रो नसा र विशेषगरी मुटुको धमनीमा टा“सिन्छ । अनि मानिसलाई सास फेर्न गाह«ो हुन्छ र मुटु दुख्छ । तर कोलेस्टेरोल भन्दैमा सबै नराम्रो नै चाहि“ हु“दैन । कोलेस्टेरोलले शरीरका विभिन्न प्रक्रियाहरूलाई सुचारु रूपले चलाउन मद्दत पनि गर्छ । कोलेस्टेरोल विभिन्न किसिमका हुने हुनाले यसको नाम र प्रकार छुट्याउन व्यक्तिलाई गाह«ो पर्छ । तर, त्यसका केही तथ्यहरूले यसको बनोटबारे स्पष्ट पार्छ । खानेकुरामा पाइने कोलेस्टेरोल एक प्रकारको हुन्छ । यो विशेष गरी भोजनबाट प्राप्त हुन्छ । जस्तै, एउटा अण्डामा २७५ मिलिग्राम कोलेस्टेरोल हुन्छ भने स्याउमा कोलेस्टेरोलको मात्रा शून्य हुन्छ । अमेरिकन मुटुरोग संस्थाले शरीरमा ३०० मिलिग्रामसम्म कोलेस्टेरोल भए ठीक हुन्छ भन्ने मान्यता राख्दछ । सिरम भनिने कोलेस्टेरोलचाहि“ रगतमा नापिने कोलेस्टेरोल हो । डाक्टरले “कोलेस्टेरोल जा“च गर्नुस्”, भन्दा यसको जा“च गरिन्छ । यो जा“च गर्दा २०० मिलिग्रामभन्दा कम भए राम्रो हुन्छ । राम्रो खालको कोलेस्टेरोल पनि हुन्छ जसलाई एचडीएल भनिन्छ । यो कोलेस्टेरोल बढी भएको राम्रो हुन्छ । शरीरमा सिरम कोलेस्टेरोलको मात्रा कम हुनु मुटुको रोगबाट बच्ने उपायहरूमध्ये एक हो । यसका लागि निम्न उपायहरू अपनाउन सकिन्छ ।
तौल घटाउनु ः
शरीरको तौल जति मात्रामा बढी भयो शरीरले त्यति नै मात्रामा कोलेस्टेरोल पैदा गर्छ । निदरल्याण्डमा २० वर्षसम्म गरिएको अध्ययनबाट शरीरमा सिरम कोलेस्टेरोल बढ्नुको एउटा प्रमुख कारण शरीरको तौल बढी हुनु हो भन्ने तथ्य पत्ता लागेको छ । प्रत्येक एक किलोग्राम तौलमा शरीरको कोलेस्टेरोल झण्डै २ प्वाइण्टले बढ्छ । तौल घटाउन सजिलो त छैन, तापनि खानेकुरामा विशेष गरी हरियो तरकारी र फलफूल बढी प्रयोग गर्ने र चिल्लो पदार्थ र मासु कम प्रयोग गरियो भने तौल घट्ने सम्भावना धेरै हुन्छ ।
कोलेस्टेरोल घटाउने उपाय
मौसम अनुसार पाइने विभिन्न किसिमका फलफूल र का“चै खान सकिने हरिया तरकारीहरू मुटुका लागि मात्र होइन सम्पूर्ण स्वास्थ्यका लागि राम्रा हुन्छन् ।
चिल्लो पदार्थ कम गर्नु ः चिल्लो पदार्थ जस्तैः तेल, घिउ, मक्खन, मासुको बोसो सकेसम्म कम
प्रयोग गर्नुपर्छ । तारेको र बेस्सरी घिउ–तेलमा लदबद गरी पकाइएको तरकारी वा मासुले जिब्रोलाई स्वाद दिए पनि स्वास्थ्यलाई लाभ गर्दैन । मांसाहारीले पनि बोसो नभएको मासु खानु उचित हुन्छ । त्यसैगरी घिउमा बनाइएका मिठाई र रेडिमेड खाद्यपदार्थ सकेसम्म कम प्रयोग गर्नुपर्छ ।

गेडागुडीको प्रयोग ः
गेडागुडीमा शरीरलाई चाहिने पौष्टिक तत्व पर्याप्त मात्रामा हुन्छ । यसमा रेसादार पदार्थ (फाइबर) हुन्छ । फाइबरको प्रयोगले शरीरमा रगतको कोलेस्टेरोल घटाउन मद्दत गर्छ । रगतमा हुने सिरम कोलस्टेरोल बढी भएका व्यक्तिलाई ३ हप्तासम्म दैनिक डेढ कप गेडागुडी दि“दा उसको कोलेस्टेरोल २० प्रतिशतले कम हुन्छ । सबै थरीका पौष्टिक पदार्थ हुने दाल, भटमास, क्वा“टी, राजमा, सिमी, केराऊ आदि गेडागुडी खान सकिन्छ । यिनमा भिटामिन, प्रोटिन र खनिजपदार्थ प्रशस्त पाइने हुनाले फेरि–फेरि खानु लाभदायक हुन्छ ।

फलफूल र हरिया तरकारी ः
मौसमअनुसार पाइने विभिन्न किसिमका फलफूल र का“चै खान सकिने हरिया तरकारीहरू मुटुका लागि मात्र होइन सम्पूर्ण स्वास्थ्यका लागि राम्रा हुन्छन् । नास्पाती, अम्बा, अनार, अङ्गूर वा अरू कुनै पनि फलफूल तथा का“चै खान सकिने का“क्रो, गाजर, मूलाले तौल घटाउन मद्दत गर्छ । गाजरले कोलस्टेरोल घटाउन निकै मद्दत गर्छ । दिनमा दुईटा गाजरको प्रयोगले धेरैजसो व्यक्तिहरूको कोलेस्टोरल १०–२० प्रतिशतसम्म कम गर्न सकिने कुरा अमेरिकाको फिलाडेल्फियामा अनुसन्धानरत डा. पीटर हमल्याक बताउ“छन् ।
व्यायाम ः
व्यायामको फाइदाका बारेमा जताततै बोलिन्छ र लेखिन्छ । व्यायामले शारीरिक साथै मानसिक स्वास्थ्यमा पनि ठूलो भूमिका खेल्ने र वृद्धावस्थामा हुने विभिन्न थरीका समस्याबाट बचाउ“छ । व्यायाम भनेको शारीरिक श्रम पर्ने कुनै काम, कसरत, दौड आदि बुझ्नु पर्दछ । व्यायामले रगतबाट बोसो हटाउन मद्दत गर्छ । यदि बोसो रगतमा धेरै बेर बस्न पाएन भने धमनीमा टा“सिने सम्भावना पनि कम हुन्छ । ब्राउन विश्वविद्यालयका सह–प्राध्यापक डा. थोम्पसन भन्छन्– “विभिन्न अध्ययनले देखाएअनुसार दौडिने मानिसको रगतमा बोसोको मात्रा व्यायाम नगर्नेको दा“जोमा निकै कम हुन्छ ।”
भोजन परिवर्तन गर्ने ः
हरेक छाकमा मासु खाने व्यक्तिहरूलाई त्यसको मात्रा कम गर्ने वा नियमित प्रयोग नगर्न र बोसो नभएको मासुमात्र खाने सल्लाह दिइन्छ । कोलेस्टोरोल बढी भएका
व्यक्तिहरूलाई सकेसम्म मासु त्यागेर तरकारी र फलफूलमा बढी जोड दिन सल्लाह दिइन्छ । एकैचोटि यो गर्न सम्भव नभए पनि विस्तारै भोजनमा परिवर्तन गर्न सकिन्छ र प्रयोग गरेपछि त्यसको सकारात्मक प्रभाव देखिन्छ ।
लसुनको प्रयोग ः
रगतमा रहेको बोसो घटाउन लसुनले महत्वपूर्ण भूमिका खेल्ने विभिन्न अध्ययनहरूले सिद्ध गरिसकेका छन् । तर, लसुन गन्हाउने कारणले धेरै व्यक्तिहरू त्यसको प्रयोग गर्न चाह“दैनन् । जापानमा लसुनबाट निकालिएको गन्धरहित झोलले रगतमा बोसोको मात्रा कम भएको पाइएको छ । त्यसै गरी क्यालिफोर्निया विश्वविद्यालयका डा. बेजोमिन लाउले केही बिरामीहरूमा परीक्षण गरे । रगतमा कोलेस्टेरोल बढी भएका व्यक्तिहरूलाई दिनको एक ग्राम लसुनबाट निकालिएको रस दि“दा ती व्यक्तिहरूको कोलेस्टेरोल ६ महीनामा ४४ प्वाइण्टले घटेको पाइयो ।
कफी र चुरोट ः
कफीको बढी प्रया ग र चुरोट दुबैले कोलेस्टेरोल बढाउन मद्दत गर्छ भन्ने कुरा विभिन्न वैज्ञानिक अनुसन्धानले सिद्ध गरेका छन् । उत्तर अमेरिकाको न्यू ओरोलोनमा धूमपान गर्ने केही किशोरहरूमा एउटा अनुसन्धान गरिएको थियो । उनीहरूको रगतमा कोलेस्टेरोल बढेको पाइयो । विशेष गरी हप्तामा २० खिल्लीभन्दा बढी चुरोट खाने किशोरहरूमा यो बढी देखियो । साथै स्वीडेनमा गरिएको अनुसन्धानमा धूमपान गर्नेहरूको रगतमा राम्रो खालको कोलेस्टेरोल, जसलाई एचडीएल भनिन्छ, कम भएको पाइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np