Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

सङ्गीतमा सविना

         कुसुम लेकाली ||   144 Views   ||   Published Date : 28th June 2016 |

Sabina
“तिमीलाई रुवाएर खुशी हुन सक्तिन म” बोलको मार्मिक गीतकी गायिका हुन् सविना भट्टराई । नेपाली आधुनिक गीतसंगीतको आकाशमा अत्यन्त आशलाग्दो प्रतिभाको रुपमा उदाइरहेकी सविना दाङकै चेली हुन् ।

दाङ तुलसीपुरकी स्थायी वासिन्दा सविना सानैदेखि संगीतमा झुकाव राख्थिन् । सानैदेखि गीतसंगीतमा रुचि भए पनि उचित सल्लाह र मार्गदर्शनको अभावमा यो क्षेत्रमा उनले अलि ढिलै पाइला राखिन् । कोकिलकण्ठी सविना व्यवस्थापनमा स्नातकोत्तर हासिल गरे तापनि संगीतकै दुनियाँमा स्थापित हुन चाहन्छिन् ।
“व्यवस्थापन पढे पनि म साङ्गीतिक क्षेत्रमै मेरो क्यारियर बनाउन चाहन्छु” सविना भन्छिन् । स्नातकोत्तर सकेर बसिरहेको समयमा अचानक गीतकार सुनिल केसीको “तिमीलाई रुवाएर खुशी हुन सक्तिन म” बोलको गीतका शव्दले छोएपछि त्यही गीत लिएर सङ्गीतकार सन्तोष श्रेष्ठकोमा पुगेको र श्रेष्ठको हौसलाले आफूभित्र सुषुप्त अवस्थामा रहेको गायकी बाहिर आएको सविना बताउँछिन् ।

पहिलो गीत बजारमा आएपछि स्रोता र अग्रजबाट पाएको हौसलाले उनले आफ्नै एल्बम निकाल्ने सुर कसिन् र “आकाश दुखेर” बोलको गीत रेकर्ड भयो । यसैगरी साङ्गीतिक दुनियाँमा प्रवेश गर्ने साइत जुराइन् “साइत” एल्बममार्फत । साइत बजारमा आएपछि उनले तीजको गीत पनि बजारमा ल्याइसकेकी छन् । आफूलाई यतिबेला पनि संघर्षकै चरणमा पाउने सविनाले ट्वाकभ्वाकमा अचानक पाइएको सफलता भन्दा संघर्षबाट तयार भएको पृष्ठभूमि दरिले हुने बताउँछिन् । सङ्गीतको औपचारिक शिक्षा नलिए पनि संगीत गुरु चण्डीराज काफ्लेसँग आधुनिक र शास्त्रीय संगीत सिकिरहेकी सविना दर्शक/स्रोता, अग्रजको सुझाव अनि सल्लाह तथा परिवारको सहयोगले नै गन्तव्यमा पुग्न कम्मर कसेकी छन् । उनको सफलताको शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np