Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

मालिक र दास चिन्तनबाट अभिव्यक्त हुने पितृसत्तावाद नै आन्दोलनको बाधक

         ||   107 Views   ||   Published Date : 6th February 2012 |

जयपुरी र्घर्ती, सभासद् -रोल्पा क्षेत्र नं. १) तथा अध्यक्ष अनेमसंघ क्रान्तिकारी
रोल्पा राङकोटमा जन्मनुभएकी जयपुरी र्घर्ती एकीकृत नेकपा माओवादीकी केन्द्रीय सदस्य, अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष एवं रोल्पा- १ की सभासद् हुनुहुन्छ । महिला तथा बालबालिका मन्त्री नियुक्त भएर पनि ३३ प्रतिशत महिला सहभागिताको माग गर्दै मन्त्री पदको सपथ लिन अस्वीकार गर्नुभएकी र्घर्तीसँग समरेखाका लागि लिइएकोे ताजा अन्तर्वार्ता

१. राज्यका हरेक तहमा महिलाहरुको अर्थपर्ूण्ा सहभागिताको लागि धेरै संर्घष्ा गर्नुभयो । नीतिगत तहमा संस्थागत गर्न सफल भएको तेत्तिस प्रतिशत पनि व्यवहारमा त लागू भएन नि है ?
य राज्यको हरेक निकायमा महिलाहरुको समानुपातिक समावेशी सहभागिता नीतिगत हिसाबले संस्थागत गर्नर् अझ बाँकी नै छ । नीतिगत रुपले प्राप्त उपलब्धिहरु पनि व्यवहारमा कार्यान्वयन हुनसकेको छैन । सामन्ती पितृसत्तावादी चिन्तन अत्यन्त हावी छ । नेपालमा चाहे त्यो पुरुष होस वा महिला जसले नीतिगत रुपमा प्राप्त उपलब्धिहरुलाई व्यवहारमा कार्यान्वयन गर्न गाह्रो भइरहेको छ । सबै महिलाहरु एक भएर अगाडि बढ्ने हो भने त सम्भव छ तर महिलाहरु पनि निश्चित स्वार्थका लागि विभाजित हुँदा अप्ठेरो । महिलाहरुमा आफ्नो निश्चित स्वार्थका लागि आम महिलाका मुद्दालाई छोड्ने प्रवृत्ति देखापरेको छ । तर फेरि पनि महिलाका मुद्दामा एक ठाउँमा आउने ल्याउने हाम्रो प्रयास निरन्तर चलिरहन्छ । महिलाहरु एकजुट भएर संर्घष्ा गर्ने हो भने प्राप्त उपलब्धि कार्यान्वयनको दिशातर्फतीब्रतापर्ूवक जान्छ ।

२. प्रायः सबैजसो राजनीतिक पार्टर्ीीे नेतृत्ववर्ग सैद्धान्तिक रुपमा समावेशीको मुद्दामा सहमत देखिने तर कार्यान्वयन तहमा पुग्ने बित्तिकै ती विषयहरु कहिल्यै प्राथमिकतामा नपर्ने बिडम्बनाबाट हामी गुज्रिरहेका छौं । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रुपमा घोषणा भैसक्दा समेत राज्य सञ्चालनको केन्द्रमा रहने व्यक्तिहरुमा व्यवहारको यो खडेरी किन ?सिद्धान्त र व्यवहारबीचको यो खाडल पुरिने कहिले ?
य नीतिगत रुपमा अधिकार दिने कुरा होस् या व्यवहारिक रुपमा कार्यान्वयन गर्ने कुरा सबैको बाधकको रुपमा सामन्ती पितृसत्तावादी सोंच र चिन्तनले काम गरेको छ । हरेक राजनीतिक पार्टर्ीी नेताहरु भन्ने बेला महिलालाई अधिकार दिन्छौं भन्छन् तर व्यवहारमा जाने बेला पुरुषहरु आफूमा सीमित हुने गर्छन् । महिला भैहाले पनि आफ्ना वरपरका नातागोता, चाकडी चाप्लुसी गर्नेहरुलाई लगेर देखाउने तर जो महिला अधिकारको लागि प्रतिवद्ध छ उसलाई निषेध गरेर जाने प्रवृत्ति अत्यन्त हावी छ । व्यवहारिक रुपमा अधिकार पाउनका लागि महिलाहरुले यो प्रवृत्तिका विरुद्ध संर्घष्ा गर्नु पर्छ । महिलाहरु एकजुट भएर अगाडि बढ्ने स्थिति पैदा भयो भने हामी जेपनि गर्न सक्छौं तर पुरुषको चाकडी चाप्लुसी गर्ने अधिकार छाड्ने महिला हुँदा समस्या पैदा हुन्छ । सरकारमा सहभागिताको सर्न्दर्भमा एकीकृत माओवादीले उठाएको समानुपातिक सहभागिता र प्लस विशेष अधिकारको विषय तत्काल ३३ प्रतिशतमा सम्झौता गरेको र सो अनुरुप पनि सरकारमा महिलाको प्रतिनिधित्व नहुँदा चार/पाँच महिना मन्त्रीपरिषद नगएर संर्घष्ा गरें मैले । धेरै महिलाहरुले सपोर्ट गरेपनि केही महिलाहरु ३३ प्रतिशत पनि लागू हुनुहुन्न भन्दै विरोधमा गए । यो खालको बिडम्बनाले हामीले महिला अधिकार भनेको बेलामा हामीले सोंचेजति सुनिश्चित गर्न र व्यवहारमा कार्यान्वयन गर्न सकेका छैनौं । कुनै न कुनै रुपमा पुरुषहरुमा मालिक चिन्तनबाट अभिव्यक्त हुने पुरुषवाद र महिलाहरुमा दास चिन्तनबाट अभिव्यक्त हुने पितृसत्तावादी सोंचका कारणले गर्दा समस्या भैरहेको छ । यसलाई हटाउनर्ुपर्छ ।

३. अहिले हरेक राजनीतिक पार्टर्ीीत्र अन्तसंर्घष्ा, गुटबन्दी सडकमै पोखिने गरी भएको छ । जसले जनअपेक्षा अनुरुपको नयाँ संविधान आउन कठिन बन्दै गएजस्तो देखिन्छ । एकीकृत माओवादी भित्रको विवादले अहिलेको परिवर्तनका विरोधी शक्तिहरुलाई टाउको उठाउने मौका दिएको भन्ने भनाई पनि छ । उत्पीडित समुदायको नेतृत्व गर्दै संविधानसभा तथा पार्टर्ीीे माथिल्लो तहमा हुनुहुन्छ । जनस्तरका यी गुनासोहरुप्रति यहाँको धारणा के छ ?
य पार्टर्ीीत्र अर्न्तसंर्घष्ा हुन्छन् । माओवादी पार्टर्ीीत्र पनि अहिले अर्न्तसंर्घष्ा छ । जनयुद्धका उपलब्धिलाई रक्षा गर्ने त्यसको विकास गर्ने या फेरि ०४७ सालतिर र्फकने भन्ने दुइटा सोंच र विचारका बीचमा अर्न्तसंर्घष्ा छ । जनयुद्धको क्रममा जसको जोत उसको पोत भनेर किसानहरुलाई अधिकार दिइयो अहिले आफै प्रहरी सेना लगाएर फिर्ता गराउने भन्ने भैरहेको छ । महिलाहरुको अधिकार पचास प्रतिशत प्लस विशेष अधिकार भन्ने थियो अहिले मात्र तेत्तिस पनि कार्यान्वयन भैरहेको छैन । समग्र उत्पीडित वर्ग जाति क्षेत्र लिङ्गको अधिकार सुनिश्चित गर्नुपर्ने विषय नै छाडिसकेपछि यहाँभित्रको संर्घष्ा चलिराखेको छ । अन्य पार्टर्ीी पनि चल्छ । जनताको पक्ष र विपक्षमा धेरै कुराहरु चल्दा अन्तसंर्घष्ा हुन्छ । फेरि पनि मलाई लाग्छ माओवादी पार्टर्ीीकढिक्का भएर अगाडि बढोस् भन्ने पार्टर्ीीार्यकर्ता र नेपाली जनताको अपेक्षा अनुरुप हामीले कोशिस गरिरहेका छौं । दशवर्षो जनयुद्धको उपलब्धिलाई रक्षा गर्ने त्यसको विकास गर्ने दिशातर्फअगाडि बढाउने ढंगले हामीले पार्टर्ीीत्र छलफल गरिरहेका छौं । ०४७ सालतर्फहोइन ०६८ सालको स्थितिबाट अगाडि बढ्दै पार्टर्ीीई एकढिक्का बनाएर लैजानर्ुपर्छ भन्ने कोणसहित छलफल अगाडि बढाइरहेका छौं ।

४. सशस्त्र जनयुद्धका दौरान नेपाली महिलाले धेरै सास्ती खेप्नुपरेपनि समग्रमा महिला सशक्तिकरण र नीतिगत रुपमा प्राप्त भएका उपलब्धिका पछाडि जनयुद्धको महत्वपर्ूण्ा भूमिका रहेको प्रायः सबैले स्वीकार्छन । तर शान्तिप्रक्रियामा आइसकेपछि माओवादी स्वयं महिलाका पक्षमा त्यति सकारात्मक नभएको देखियो नि ?
य नेपालमा महिलाको स्थितिको कुरा गर्दा दश पन्ध्र वर्षपहिले महिलाहरुको चेतनास्तर अत्यन्त न्यून थियो । जनयुद्धले महिलाहरुको चेतनास्तर यति धेरै उठायो कि समाजमा समान अधिकार पाउनु पर्छ अन्याय र उत्पीडनबाट मुक्ति पाउनर्ुपर्छ भन्ने मान्यता स्थापित गर्‍यो । यसकै कारणले जनयुद्ध सफल भयो र यहाँसम्म आइपुग्यो । अहिलेपनि अन्य राजनीतिक पार्टर्ीीन्दा उत्पीडित वर्ग, महिला, जाति, क्षेत्रलाई उठाउने र उनीहरुलाई अधिकार दिनर्ुपर्छ भन्ने नीति र सिद्धान्तमा माओवादी पार्टर्ीीबैभन्दा अगाडि छ । विगतमा यी मूल्य मान्यतासहित अगाडि बढेको हाम्रो पार्टर्ीीवचलित हुने हो कि भन्ने चिन्ता भैरहेको छ । नेपालका उत्पीडित समुदायलाई संर्घष्ामा उनको मुद्दा उठाइदिएर सहभागी गराउने, बलिदान त्याग तपस्यामा अगाडि सार्ने तर सत्ताप्राप्तिपछि उनीहरुलाई सत्ताभन्दा पछाडि राखेर केही पंक्तिमात्र शासक बन्ने समस्या अहिले पनि देखिएको छ । उत्पीडितहरुलाई मुक्ति दिने आन्दोलन हाँकेको हाम्रो पार्टर्ीी जनताका एजेण्डा नछाडोस र महिलाका मुद्दाप्रति सकारात्मक बनाउन पार्टर्ीीभत्र पनि हाम्रो संर्घष्ा निरन्तर चलिरहेको छ ।
५. नयाँ संविधानमा महिलाका मुद्दालाई उठाउन महिला ककसको निर्माण भयो । दलीय घेराभन्दा माथि उठेर निर्माण भएको महिला ककसप्रति आममहिलाका धेरै अपेक्षा रहेका छन् । महिलाका साझा मुद्दामा ककसले निर्ण्ाायक भूमिका खेल्न सक्ला ?
महिला सहभागिताको मुद्दामा ककसले महत्वपर्ूण्ा भूमिका खेल्दै आएको छ । यो भन्दा पहिलेको सरकारको २८ सदस्यीय मन्त्रिमण्डलमा हाम्रो पार्टर्ीी तर्फाट एकजना र एमालेबाट एकजनालाई मात्र पठाउँदा कम्तिमा तेत्तिस प्रतिशत प्रतिनिधित्वको अडान राखेर म गइन । त्यसबेला महिला ककसले महत्वपर्ूण्ा भूमिका खेलेको थियो । कतिबेला ककस अलि निस्त्रिmय भैदिन्छ तर हामीले नै अगाडि बढाउने हो । नयाँ संविधान लेख्ने क्रममा पनि त्यही ढंगले बढ्छ भन्ने मलाई विश्वास छ र अगाडि बढाउनेमा मेरो आफ्नो पनि भूमिका रहन्छ ।

६. उत्पीडित वर्गको मुद्दा बोकेर तपाईंहरुले सशस्त्र निःशस्त्र धेरै संर्घष्ा गरिरहनुभएको छ । समाजमा रहेका तमामखाले बिकृति विसंगति विरुद्ध तपाईंहरुले थालेको जर्बजस्त अभियानले धेरै सकारात्मक परिवर्तन भएको पनि हो । तर सदाका लागि बन्द हुनुपर्ने सामाजिक विकृति विसंगति फेरि मौलाउँदै गएको देखिन्छ । संर्घष्ाको बेला देखिएको तपाईंहरुको जुझारुपन, क्रियाशीलता सेलाउँदै गएको हो या यी विषयहरु तपाईंहरुको प्राथमिकतामा पर्न छाडे ?
य अहिले मुख्य मुद्दा शान्ति र संविधान भएको कारणले ती मुद्दाहरु ओझेल परेका छन् । जनयुद्धको क्रममा दाइजोप्रथा, वहुविवाह, जाँडरक्सी विरुद्ध अभियानहरु संचालन गर्‍यौं । अभियानको दौरान समाजको चेतना, संस्कार संस्कृति नयाँ ढंगले रुपान्तरण गरेका थियौं । त्यो रुपान्तरण भएको कुरालाई निरन्तरता दिन नसक्दा भताभुङ्ग भएको स्थिति छ । अहिले जाँडरक्सी जुवातास वहुविवाह बढिरहेका छन् । यो विषयमा विशेष ढंगले जानर्ुपर्छ भन्ने सोचिरहेका छौं । यो अभियानलाई सशक्त ढंगले अगाडि बढाउन हाम्रो संगठन र समग्र महिलाहरुले योजना बनाएर अगाडि बढ्नर्ुपर्छ । अनेमसंघ क्रान्तिकारीको अध्यक्षको नाताले केन्द्रीय समिति बैठक बसेर नयाँ ढंगले योजनाहरु कार्यक्रमहरु बनाएर जनताका माझमा जान्छौं र ती समस्या समाधानको प्रक्रियालाई अगाडि लैजाने विश्वास दिलाउन चाहन्छु ।

७. सेना समायोजनको प्रक्रियामा जनमूक्ति सेनाभित्र महिलाहरुको अवस्था कस्तो छ – आमरुपमा सम्मानजनक भएन भन्ने कुरा त छँदैछ त्यसभित्र पनि महिला भएकै कारणले उनीहरुमाथि थप भेदभावका कुराहरु छन् कि छैनन?
य सेना समायोजन होइन विघटनको दिशातिर गइरहेको छ । सेनाको नर्म्स भन्दापनि वनपाले, विकास निर्माणको रुपमा फरक रुपमा गइरहेको छ । तर प्रक्रियाभित्र गइसकेपछि महिलाको विषयमा महिलाको सर्न्दर्भमा बच्चाबच्ची भएको महिला जनमुक्ति सेनालाई विशेष ढंगले आर्थिक व्यवस्थापन गर्नुपर्छ । समायोजन, पुनर्स्थापना या प्याकेजमा निस्कने यी तीनवटै कुरामा उनीहरुको भावना र स्पिरिटलाई कदर गर्नुपर्छ भन्ने विषयमा पार्टर्ीी कुरा राखेका छौं । पार्टर्ीी निर्ण्र्ाापनि भएको छ । समायोजनमा महिलालाई प्राथमिकता दिनर्ुपर्छ भन्ने कुरा राखेका छौं फेरि महिला भएकै कारणले फरक व्यवहार गरियो भने अर्को ढंगको संर्घष्ा आवश्यक पर्ला र त्यो हामी गर्र्छौं । ब्यारेकमा जाने, महिलाहरुलाई भन्ने हामीलाई अधिकार छैन तर पार्टर्ीीत्र निर्ण्र्ााहुने ठाउँमा हामीले कुरा राखेका छौं । समायोजनमा जान चाहने महिलालाई त्यति धेरै समस्या पर्दैन जस्तो लाग्छ । पुनर्स्थापना जान चाहनेलाई पनि अरुसरह स्केल जति छ त्यति र वच्चा भएकोलाई विशेष आर्थिक सुविधा दिएर पठाउँछ जस्तो लाग्छ ।
८. अत्यन्त व्यस्तताका बाबजुद हामीलाई समय दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु अन्त्यमा, समरेखा मार्फ केही भन्न चाहनुहुन्छ कि ?
य सिंगो नेपाली महिलाहरुको लागि पत्रकारिता जगतबाट सशक्त ढंगले आवाज उठाउन जरुरी छ । महिला अधिकारप्रति प्रतिवद्ध, महिलाको पक्षमा बोल्ने, लड्ने खालका महिलाहरुलाई बढी भन्दा बढी सहयोग गरेर अगाडि बढ्नर्ुपर्छ । पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता र विकास अत्यन्त जरुरी छ जसले महिलाहरुको अधिकार समग्र क्षेत्रमा सुनिश्चित गर्न महत्वपर्ूण्ा भूमिका खेल्नसक्छ । राज्यको हरेक निकाय स्वास्थ्य, शिक्षा, रोजगार, सूचना, संचार सबै क्षेत्रमा अगाडि बढ्न सक्छौं । लैंगिक समानता र सामाजिक न्यायको पक्षमा समरेखा म्यागजिनले सशक्त आवाज उठाउन सकोस् शुभकामना दिन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np