Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

तपाईँलाई रक्तअल्पता भएको त छैन ?

         डा. अरुणा उप्रेती ||   284 Views   ||   Published Date : 17th August 2016 |

SGT-Aruna-1_teaser

रक्तअल्पता नेपाली महिला, किशोरीहरु र बालबालिकाहरुलाई आमरुपमा देखा पर्ने समस्या हो । त्यसमा पनि गर्भवतीलाई यो समस्या अलि बढी नै देखिने गरेको छ । यसले गर्दा गर्भको बच्चा रोगी र सानो हुने, महिलालाई विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने गरेको छ । नेपालमा आमा बन्ने क्रममा हुने मृत्यु अत्यधिक हुनमा यो पनि एउटा प्रमुख कारणका रुपमा रहेको छ ।
गर्भवती महिलाको शरीरबाट नै गर्भमा रहेको भू्रणलाई पोषण, अक्सिजन आदि सबै जाने गर्छ । यस्तो बेलामा महिलाको शरीरलाई केही बढी पोषणको जरुरत पर्छ । नेपालका केही जातिहरुमा गर्भवती महिलाहरुलाई दोजिया (दुई जीउकी) भनेर बढी भोजन दिइन्छ । तर यसको ठीक विपरीत सुदूर पश्चिमाञ्चलका कतिपय स्थानमा गर्भवती महिलाहरुलाई धेरै खाना दिनुहु“दैन, हरियो सातपात, फलफूल, मासु, दूध आदि दिनुहु“दैन भन्ने मान्यता पनि छ । केरा खाए बच्चा पाठेघरमा टा“सिन्छ, मेवा खाए गर्भपात हुन्छ, दूध–दही खाए गाईभैंसीको दूध सुक्छ भन्ने खालका अन्धविश्वासहरु छन् । यसले गर्दा गर्भवती महिलाहरु कुपोषण र रक्तअल्पताको समस्याले पीडित हुने गर्छन् । यसैगरी सुत्केरी भएको बेलामा आमालाई हरियो सागपात, दाल खान दिएमा बच्चाको पेट दुख्छ, पखाला लाग्छ भनेर खान दिइ“दैन । यस्ता अन्धविश्वासले पनि महिलाहरुमा रक्तअल्पता धेरै हुने गरेको छ । यस क्षेत्रमा यो एउटा सामाजिक तथा सांस्कृतिक समस्याका रुपमा रहेको छ ।
नेपालका अन्य भागमा पनि अरु विभिन्न कारणले नेपाली महिलाहरुमा पोषणको कमी भएको पाइन्छ । गरिबी एउटा प्रमुख कारण हो भने चेतनाको कमी अर्को मूख्य कारण हो । गरिवीका कारण कडा परिश्रम गर्नुपर्ने तर पर्याप्त खाना खान नपाउँने कारणले गर्दा उनीहरुमा पोषणको कमी भएको छ । स्थानीयरुपमा पोषणयुक्त खाना उपलब्ध भएता पनि त्यसलाई सही रुपमा उपभोग गर्न नजान्दा शरीरमा पोषणको कमी हुन जान्छ । त्यस्तैगरी महिलाहरुलाई खानामा गरिने भेदका कारण पनि बढी पोषणको आवश्यक पर्ने महिलाहरुलाई नै कुपोषणको समस्या हुन्छ । यी आदि कारणलेसमेत महिलाहरुलाई रक्तअल्पताको समस्या भइरहेको छ ।
दक्षिण एशियाका ९० प्रतिशत बालबालिका (५–१२ वर्ष) र ८८ प्रतिशत महिलाहरुलाई रक्तअल्पता छ । जबकी विकिसित देशमा ७ प्रतिशत बालबालिका (५–१२ वर्ष) र ११ प्रतिशत महिलालाई मात्र रक्तअल्पता छ ।
नेपालमा स्वास्थ्य मन्त्रालयले गरेको अनुसन्धानअनुसार महिलाहरुको मातृमृत्युमध्ये प्रत्यक्षरुपमा १० प्रतिशत रक्तअल्पताको कारणले हुन्छ । यसको साथै रक्तअल्पता भएका महिलाहरुलाई रक्तस्राव हुने सम्भावना बढी हुने भएकाले २० प्रतिशत महिला अप्रत्यक्षरुपमा रक्तअल्पताको कारणले मर्छन् ।
विश्व स्वास्थ्य संघले कुल जनसङ्ख्यामा २० प्रतिशतभन्दा माथिको जनसङ्ख्यालाई रक्तअल्पता भयो भने यो एउटा जनस्वास्थ्यको प्रमुख समस्या हो भनेर मानेको छ । यसो हो भने त नेपालमा यो समस्या चार गुना बढी छ । तराई क्षेत्रमा गर्भवती महिलाहरुमा गरिएको एक अनुसन्धानमा झण्डै ८० प्रतिशतलाई रक्तअल्पता भएको पाइएको थियो । यसैगरी पहाडी क्षेत्रमा ६० प्रतिशत र हिमाली क्षेत्रमा ७७ प्रतिशतलाई रक्तअल्पता भएको पाइएको थियो ।
पर्याप्त खानेलाई पनि रक्तअल्पता
पहिले जुन घरका बालबालिकाले पर्याप्त मात्रामा खाना पाउ“दैनन् प्रायः त्यस घरका बालबालिकामा रक्तअल्पता हुने गर्छ भन्ने मान्यता थियो । तर आज रक्तअल्पता हुने अरु कारणहरु पनि थपिएका छन् । पर्याप्त मात्रामा खाना उपलब्ध भएका घरका बालबालिकाहरुमा पनि रक्तअल्पता भएको पाइएको छ । विशेषगरी पुरियाबन्द तथा आधुनिक तयारी खाना बढी प्रयोग गर्ने बालबालिकाहरुमा यो समस्या देखिएको छ ।
भारतको पञ्जाबमा एउटा अनुसन्धान भएको थियो । उक्त अनुसन्धानमा केही धनीवर्गका बालबालिकामा पनि रक्तअल्पता भएको पाइयो । त्यसको कारण उनीहरुले खानेकुरामा बढी तैयारी खानेकुरा, जस्तै, चाउचाउ, चीजबल, आलु चिप्स, बिस्कुट खाने गरेको देखियो । त्यसैगरी पेय पदार्थमा कोक, फ्यान्टा आदिको प्रयोग बढी भएको देखियो । यस्ता खानाहरुमा शरीरलाई चाहिने आवश्यक तŒवहरु, जस्तै प्रोटिन, कार्बोहाइड्रेट हु“दैनन्, जुन शरीरलाई स्वस्थ राख्न, विशेषगरी बढ्दो उमेरका बालबालिकाको शरीरको माग पूर्ति गर्न आवश्यक हुन्छ । यसबाहेक नेपालका कतिपय ठाउ“मा बालिकाहरुलाई कम भोजन दिइन्छ, यसले गर्दा उनीहरुमा रत्तअल्पता हुन्छ ।
स्वाथ्य विज्ञानअनुसार बालबालिकाहरुको शरीरको तौल जति किलोग्राम हुन्छ, उनीहरुलाई एकदिनमा त्यो भन्दा तीन–चार गुना बढी ग्राम प्रोटिनको जरुरत पर्छ । उदाहरणका लागि, ३० किलोग्राम तौल भएको बालक वा बालिकालाई एकदिनमा ९० ग्रामदेखि १२० ग्रामसम्म प्रोटिनको जरुरत पर्छ । त्यसैगरी बालबालिकाको शरीरमा भिटामिन बी १२, फोलिक एसिड र भिटामिन सीको पनि जरुरत पर्छ । यी सम्पूर्ण तŒवहरु पुरियाबन्द तयारी खानेकुरामा हु“दैनन् । तिनबाट बालबालिकाहरुको शरीरलाई चाहिएको मात्रामा आवश्यक तŒवहरु प्राप्त गर्न सक्दैन । त्यसको परिणाम बालबालिकामा रक्तअल्पता हुन जान्छ । पञ्जाव सहरका बालबालिकामा यिनै कारणले रक्तअल्पता भएको पुष्टि भएको थियो ।
रक्तअल्पता के कारणले हुन्छ ?
रक्तअल्पता विभिन्न कारणले हुने गर्छ । जस्तै, खानामा पर्याप्त लौहतŒवको कमी भएमा, पेटमा जुका परिरहेमा, औलो लागेमा रक्तअल्पता हुनसक्छ । त्यस्तै शरीरबाट बढी रगत बगेमा, गर्भवति भएका अवस्थामा पनि रक्तअल्पता हुनसक्छ । कहिलेकाही“ वंशाणुगत कारण र केही रोग विशेषले गर्दा पनि रक्तअल्पता हुने गर्छ । मुख्यचाहि“ भोजनमा लौहतŒवको कमीले गर्दा नै रक्तअल्पता हुने गर्छ ।
रक्तअल्पता हुनसक्ने अन्य कारणहरु
ड्ड पाठेघरमा मासु पलाएको बेलामा केही महिलाहरुलाई महिनावारी हु“दा शरीरबाट बढी रगत जाने गर्छ । साथै कतिपय महिलाहरुलाई महिनावारी हु“दा त्यसै पनि बढी रक्तस्राव हुने गर्छ, जसले गर्दा उनीहरुलाई रक्तअल्पता हुने सम्भावना हुन्छ ।
ड्ड महिलाहरु धेरै खालका गर्भनिरोधका साधन प्रयोग गर्ने गर्छन् । गर्भनिरोधका साधनले केही महिलाहरुलाई केही साधारण असर पु¥याउन सक्छन् । ती साधनहरुलाई महिलाको शरीरले सजिलै झेल्न सक्दैन, जसले गर्दा महिलाको शरीरमा अनेक खालका समस्याहरु आउ“छन् । तिनमा एउटा प्रमुख समस्या शरीरबाट बढी रक्तस्राव हुनु पनि पाइएको छ । कसैलाई लुप राख्दा, कसैलाई डिपोप्रोभेरा लगाउ“दा, कसैलाई नरप्लान्ट राख्दा महिनाभरि नै लगातार अलिअलि रगत बगिरहने हुन्छ । कसैलाई एक–दुई महिना बिराएर धेरै मात्रामा रगत जाने गर्छ । यस्तो बेलामा महिलाहरुमा रक्तअल्पता हुनसक्छ । यस्ता समस्यालाई समाधान गर्न आफूले प्रयोग गरिरहेको गर्भनिरोधको साधनलाई डाक्टरको सल्लाह लिएर ˚ेर्नुपर्ने हुन्छ ।
ड्ड फोहोर पानीमा विभिन्न प्रकारका जुगाहरु हुने गर्छन् । ˚ोहोर पानी पिउनाले शरीरमा जुगा पर्ने हुन्छ । जुगाले शरीरमा भएको रगत खाइदिन्छन् । यसले गर्दा पनि रक्तअल्पता हुने खतरा हुन्छ । यस्तो दुष्प्रभाव बच्चाबच्ची, किशोरकिशोरी महिला सबैमा पर्न जान सक्छ । यसबाट बच्ने एउटै उपाय छ – सकेसम्म पानी उमालेर मात्र पिउने गर्नुपर्छ । उमालेर पिउन सकिंदैन भने सफा पानी मात्र पिउने बानी बसाल्नु पर्छ ।
ड्ड साना बालबालिकालाई रक्तअल्पता भएपछि त उनीहरुको मानसिक विकासमा पनि असर पर्छ । भोक नलाग्ने, मुटुको धड्कन बढ्ने, अलिकता हिँड्यो कि स्याँ स्याँ हुने गर्छ । शिशुहरुलाई रक्त अल्पता भयो भने उनीहरुको सम्पूर्ण शारीरिक र मानसिक विकास क्रम नै ढिलो हुन्छ , जुन पछि रक्तअल्पता, ठिक गरेर पनि ठिक हुन सक्दैन ।
रगतले हाम्रो शरीरका विभिन्न भागमा आवश्यक पोषक तŒव र अक्सिजन आदि पु¥याउने काम गर्छ । शरीरभित्र रगतमा सेता र राता रक्तकोष रहेका हुन्छन् । राता रक्तकोषमा हेमोग्लोबिन भन्ने लौहतŒव रहेको हुन्छ । यो लौहतŒव भोजनको माध्यमबाट हाम्रो शरीरले प्राप्त गर्ने गर्छ । यसबाहेक लौहतŒवलाई राम्रोस“ग शोषण गर्न प्रोटिन र भिटामिन सीको जरुरत पर्छ । साथै फोलिक एसिड र भिटामिन बीको पनि जरुरत हुन्छ ।
रक्तअल्पताबाट बच्ने उपायहरु
रक्तअल्पताबाट बच्नका लागि विभिन्न उपायहरु अपनाउन सकिन्छ । लौह तत्व प्राप्त गर्नका लागि खाना मात्र खानुपर्छ भन्ने पनि छैन ।
˚लामबाट लौहतŒव
˚लामका भा“डाकु“डा आदि वस्तुबाट लौहतŒव प्राप्त गर्न सकिन्छ । लौहतŒवले रक्तअल्पतालाई रोक्ने काम गर्छ । गाउ“तिर मासको दाल, साग आदि पकाउ“दा ˚लामको कराही प्रयोग गर्ने चलन छ । त्यसैले केही मात्रामा भए पनि गाउ“का मानिसहरुको शरीरले लौहतŒव प्राप्त गर्दछन् । तर सहरतिरका धेरै घरहरुमा मानिसहरुले फलामको भा“डाको प्रयोग गर्न छोडिसकेका छन् । प्रेसरकुकरमा नै दालहरु पकाउ“छन् । प्रेसरकुकरमा मासको दाल पकाउ“दा एउटा सफा फलामको सानो डल्लो स“गै राखेर पकाउन सकिन्छ । दाल पाकेपछि उक्त ˚लामलाई झिकेर दाल खानाले उक्त दालबाट लौहतŒव प्राप्त हुन्छ । त्यसैगरी एक गिलास पानीमा सफा फलामको सानो सफा टुव्रmा राखेर आधा घण्टापछि फलामको टुव्रmा झिकेर त्यस पानीमा कागती निचोरेर पिउनाले पनि लौहतŒव प्राप्त हुन्छ । बरिष्ठ वालरोग विशेषज्ञ डा निलम अधिकारी भन्नुहुन्छ “लौहतŒवले रक्तअल्पतालाई रोक्ने काम गर्छ । दाल तरकारी, हरियो तरकारी खाने त छँदैछ, त्यसमा कागतीको रस २–४ थोपा हालेर खाए राम्रो हुन्छ । फलामको भाँडोमा खाना पकाएर खानाले लौहतत्व बढ्छ ।“
प्रोटिनयुक्त खाना
रक्तअल्पताबाट बच्न खानामा प्रोटिनको मात्रा बढाउनुका साथै भिटामिन बी, फोलिक एसिड र लौहतŒव भएका खानेकुराको प्रयोग गर्नुपर्छ । मासु लौहतŒव र प्रोटिन दुई वटैका लागि एउटा राम्रो स्रोत हो । विशेषगरी कलेजोमा पर्याप्त मात्रामा लौहतŒव पाइन्छ । तर मासु मह“गो हुन्छ र कतिपय ठाउ“मा दिनदिनै नपाइनसक्छ । साथै केही सांस्कृतिक र धार्मिक कारणले गर्दा पनि कतिपय महिलाहरु मासु खा“दैनन् । यस्तो अवस्थामा अन्य शाकाहारी खानाहरुबाट पनि प्रशस्त प्रोटिन प्राप्त गर्न सकिन्छ । जस्तै भटमास, विभिन्न प्रकारका दालहरु, राजमा, बोडी आदि पर्याप्त प्रोटिन भएका खाद्यपदार्थ हुन् । यी खाद्यपदार्थलाई पकाइसकेपछि खानुअघि कागती मिसाएर खानाले यसमा भएका लौहतŒव पनि शरीरमा राम्रोस“ग शोषित हुन्छ ।
दक्षिण भारतमा किशोरीहरुलाई महिनावारी हु“दा मेथीको लड्डु बनाएर ख्वाउने चलन छ । यो एउटा राम्रो चलन हो । मेथीमा पर्याप्त मात्रामा लौहतŒवका साथै अन्य पौष्टिक तŒव पनि पाइन्छ । यो एउटा राम्रो चलन हो । सहरतिरका स्कूल जाने किशोरीहरु खाजाको रुपमा प्याकेटका तयारी खानेकुरा बढी खाने गर्छन् । साथै पेय पदार्थमा कोक, पेप्सी आदिको प्रयोग बढी गर्ने गर्छन् । यस्ता खानेकुरा र पेयपदार्थको बढी प्रयोगले किशोरीहरुमा भोजनमा रूचि घट्न जान्छ । घरको खाना उनीहरु कम खान थाल्छन् । यसले गर्दा उनीहरुको शरीरलाई चाहिने आवश्यक लौहतŒव पुग्दैन् र उनीहरु रक्तअल्पताको सिकार हुन पुग्छन् ।
गाउ“का किशोरीहरुमा कामको बोझ बढी हुन्छ । त्यसैले उनीहरुको शरीरलाई पर्याप्त मात्रामा प्रोटिन र लौहतŒव भएका खानेकुराहरुको आवश्यकता पर्न जान्छ । गाउ“मा चना, बदाम, फापर, कोदो, गहत, मास आदि खानेकुराहरु प्रशस्त पाइन्छन् । यी खानेकुरामा लौहतŒव र प्रोटिन दुवै बढी मात्रामा हुन्छन् । गाउ“का किशोरीहरुलाई रक्तअल्पताबाट बचाउन यी खानाहरुले ठूलो भूमिका हुनसक्छ ।
लौहतŒव पाइने अन्य खाना
लट्टेको सागमा भिटामिन ए र लौहतŒव दुवै प्रशस्त मात्रामा हुन्छ । भटमासमा फोलिक एसिड, लौहतŒव र प्रोटिन पर्याप्त मात्रामा हुन्छ । भटमास खा“दा त्यसमा अमिलो मिसाएमा लौहतŒवलाई शोषण गर्न मद्दत गर्छ । भिटामिन र लौहतŒवको कमी भएपछि कतिपय डाक्टरहरुले राम्राराम्रा बोतलमा भएका टनिक दिन्छन् । तर यस्ता टनिकहरुले शरीरमा लौहतŒवलाई बढाउ“दैनन् । लौहतŒव र प्रोटिन नभईकन शरीर स्वस्थ रहन सक्दैन । कसैकसैमा खाना खानेबित्तिकै चिया तथा क˚ी पिउने बानी हुन्छ । स्वास्थ्यको हिसाबले यो बानी उचित होइन । खाना खानुभन्दा दुई घण्टाअघि र खान खाइसकेपछि दुई घण्टासम्म चिया तथा कफी पिउनाले खानामा भएको लौहतŒवको शोषणमा बाधा पु¥याउ“छ ।
गर्भवती महिलाहरुलाई लौहतŒव कम हु“दा दिइने अत्यन्त सस्तो फलामको चक्की नेपालका स्वास्थ्यचौकीहरुमा पाइन्छ । यस्ता लौहचक्की खाली पेटमा प्रयोग गर्नु हु“दैन । यसले गर्दा वाकवाकी लाग्नसक्छ । केही महिलाहरुलाई चाहि“ फलामको चक्कीले गर्दा पेट दुख्ने र पेट बाउ“डिने समस्या पनि हुने गर्छ । लौहचक्की विशेषगरी अमिलो भएको खानास“ग खानाले त्यसको शोषण बढी हुन्छ । लौहचक्कीको प्रयोगपछि दिसा कालो हुने गर्छ । कालो दिसा भएको देखेर चक्की खान रोक्नु पर्दैन । साथै खानामा प्रोटिन र लौहतत्वको मात्रा नबढाइकन चक्कीले मात्रै रक्तअल्पतामा सुधार ल्याउन सकिन्न ।
रक्त अल्पताले अन्य धेरै स्वास्थ्य समस्यालाई निम्त्याउने हु“दा यो समस्या आउन नै दिनु हुँदैन । यस्तो समस्या आएमा समाधानका लागि तुरुन्तै उपायहरु अपनाउनु पर्छ । यो स्वास्थ्य समस्या मात्र नभएर एउटा सामाजिक समस्या पनि भएकाले यस विषयमा चेतना ल्याउन जरुरी छ ।
आलेख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np