Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

About us

समरेखा म्यागजिन लैंगिक समानता र सामाजिक न्यायका प्रवद्र्धनको उद्देश्यसहित शुरु गरिएको पत्रिका हो । समाजमा पछाडि पारिएका समुदायको आवाजलाई प्राथमिकता दिँदै यस अभियानमा सिंगो समुदायलाई अभिप्रेरणा प्रदान गर्नु यसको लक्ष्य रहेको छ । महिला अधिकारको स्थापना, न्यायमा सहज पहुँच, निर्णय प्रक्रियामा समान सहभागिता, समान हैसियतको नागरिक र पहिचानसहित बाँच्न पाउने अधिकारका लागि नेपाली महिलाहरुले धेरै संघर्ष गर्दै आएका छन् । त्यस्तै इतिहासको विभिन्न कालखण्डदेखि आफूहरुले भोग्दै आएको भेदभाव, उँचनीचका पर्खाल भत्काउँदै समाजका अन्य उत्पीडित समुदायले पनि आ-आफ्नो तहबाट आवाज उठाएका छन् तर पनि ती आवाजहरु मूलप्रवाहीकरण हुन बाँकी नै छ ।

भनिन्छ, पत्रकारिता आवाजविहीनहरुको आवाज हो । तर आजको मिडिया आवाजविहीनहरुको सच्चा आवाज बन्न सकेको देखिँदैन । समाजमा पछाडि पारिएका समुदायको आवाजको समुचित प्रतिनिधित्व मिडियामा अझै हुन सकिरहेको छैन, जसका कारण समाजमा व्याप्त रुढीग्रस्त मूल्यमान्यता समयानुकूल परिवर्तन हुन सकेका छैनन् । राज्यसत्ता सञ्चालनका प्रक्रियामा ती तमाम उत्पीडितहरुको अर्थपूर्ण सहभागिता हुन सकिरहेको छैन । समाजमा व्याप्त रुढीग्रस्त मूल्यमान्यतामा परिवर्तन तथा लैंगिक समानता र सामाजिक न्याय स्थापनाको अभियानमा पत्रिकाको माध्यमबाट थोरै भएपनि योगदान पुर्‍याउन सकिए समरेखा प्रकाशनको सार्थकता हुनेछ । यहाँहरु सबैको रचनात्मक सल्लाह, सुझाव तथा सहयोगले समरेखाको यो अभियानलाई निरन्तरता प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

सम्पादक/प्रकाशक
लक्ष्मी आचार्य

कार्यालय
समरेखा म्यागजिन (द्वैमासिक)
Samarekha Magazine [Bi-Monthly]
घोराही नगरपालिका- ११, घोराही, दाङ

इमेल
magazinesamarekha@gmail.com

वेवसाइट
www.samarekha.com.np

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np