‘कामकाजी महिलाले सम्मान पाउने वातावरण बन्दैछ’ : शाखा प्रबन्धक, एभरेष्ट बैंक लिमिटेड, लमही
दीपा बुढाथोकी विगत लामो समयदेखि बैंकिङ्ग क्षेत्रमा क्रियाशील व्यक्तित्वको नाम हो । दीपाको रुचीको क्षे त्र पनि यही नै हो । गोकर्णेश्वर नगरपालिका —१५ नारायणटार घर भएकी दीपा हाल एभरेष्ट बैंक लिमिटेड लमही दाङमा शाखा प्रबन्धकको रुपमा कार्यरत छन् । महिलाको आर्थिक सशक्तिकरण, कामकाजी महिलाका समस्या एवं समाजमा विद्यमान विभेदको सेरोफेरोमा रहेर समरेखाका लागि गरिएको कुराकानी —सम्पादक
१. कति समय भयो तपाईंको बैंकिङ्ग क्यारियर शुरु भएको ?
एभरेष्ट बैंक लिमिटेडमा काम गर्न थालेको मात्रै चौध वर्ष भयो ।
२. बैंकमा जागिरे हुनु तपाईंको रुचिको क्षेत्र हो या कसरी आइपुग्नु भयो यो क्षेत्रमा ?
मैले व्यवस्थापन पढे ं । मेरो रुचीको क्षेत्र पनि बैंकिङ्ग हो । रुचीको क्षेत्र भएकोले पहिलेदेखि नै बैकिङ्ग क्षेत्रमा क्यारियर बनाउने भन्ने मेरो सपना थियो । सपना पछ्याउँदै जाँदा यो क्षेत्रमा प्रवेश गरें । यसमा खुशी र सन्तुष्ट पनि छु ।
३. काम गर्दाका सहज या असहज पक्ष के कस्ता छन ?
मैले आफ्नो क्यारियरको चौ ध वर्षमा काम गर्दा अफिसमा अहिलेसम्म कुनै त्यस्तो प्रकारको असहजता महशुस गरेको छैन । प्रतिस्पर्धा गर ेर जागिर खाएकोले गर्दा पनि होला मलाई आफू कुनै पुरुष कर्मचारी भन्दा कम भएको महशुस कहिले पनि भएको छैन । आजसम्म मैले बैंकले दिएको जुनसुकै जिम्मेवारी पनि म महिला भएकोले पूरा गर्न सक्दिन कि भनेर पछि हटेको पनि छैन र त्यसकै कारण आज म शाखा प्रबन्धकको जिम्मेवारीसम्म पुगेकी छु । काठमाडौ भ्याली बाहिर एभर ष्ट बै कमा म मात्र एक्लो महिला शाखा प्रबन्धक हो र अन्य पुरुष शाखा प्रबन्धकको परफरमेन्सभन्दा मेरो परफरमेन्स कम पनि छैन । सबै कामकाजी महिलाले भोग्ने असहजता जस्तै मैले पनि आफ्नो परिवारलाई कम समय दिन पाएको र घरबाहिर जागिर हुँदा परिवारसँग टाढा बस्नुपर्ने व्यक्तिगत बाध्यता त हुन्छ नै र यो आम कामकाजी महिलाको समस्या हो ।
४. कामको दौरान र सामाजिक रुपमा पनि महिला भएकै कारणले सजिलो या अप्ठेरो के कस्तो रह्यो तपाईंको जीवनमा ?
अफिसमा आफ्नो क्यारियरको दौरान महिला भएकै कारणले असजिलो भन्दा पनि बरु सहजता महसुस गरेकी छु । महिला भएकै कारणले पनि हुनसक्छ मैले काम गर्ने दौरानमा मेरो अफिसमा जहिले पनि मेरा सिनियर र जुनियर कर्मचारीहरुको सहयोग, समर्थन र हौसला पाएको छु । समाज र परिवारमा पनि समय नदिएको भन्ने गुनासो बाहेक अरु सुन्नु परेको छै न । बरु परिवार र समाजमा मलाई कामकाजी महिला भएको कारण मेरो सम्मान र प्रतिष्ठा बढेको महशुस पक्कै पनि गरेकी छु ।
५. बित्तीय क्षेत्रमा महिलाहरुको संलग्नता बढ्दो छ । सहकार ीमा बचत तथा ऋण लगानीको कुरा होस् या ठूलो मात्रामा लघुवित्त कार्यक्रम महिलाहरुले सफल रुपमा सञ्चालन गरिरहेको पनि देखिन्छ । आर्थिक क्षेत्रमा महिलाहरुको सक्रियता बढेकै हो या के लाग्छ तपाईंलाई ?
हालैका दिनहरुमा नेपालमा हरेक क्षेत्रमा महिलाहरुको संलग्नता बढिरहेको छ र महिला संलग्न भएका सबै क्षे त्रहरुमा महिलाहरुले राम्रो पनि गर ेर देखाउनु भएको छ । हाल सहकारी, बैंक तथा बित्तीय क्षेत्रमा, ब्यापार तथा उद्योग सञ्चालन लगायतका आर्थिक क्षेत्रमा उल्लेखनीय महिला सहभागिता देखिन्छ जुन एकदमै राम्रो कुर ा हो । तर अझै पनि हामी खुशी भै हाल्ने अवस्था छ भन्ने मलाई लाग्दैन । आधा जनसंख्याभन्दा बढी महिला भएको नेपालमा महिला सहभागिता हरेक क्षेत्रमा आधाभन्दा बढी हुनुपर्दछ भन्ने मलाई लाग्दछ । अहिले पनि केही शहरमा बस्ने महिला बाहेक गाउँघरका अधिकांश महिलाहरु सक्रिय हुन सक्नुभएको छैन । महिलाहरुलाई शिक्षित र सक्षम बनाई हरेक क्षेत्रमा महिला सहभागिता अभिबृद्धि गर्न हामी सबै लाग्नुपर्ने आवश्यकता छ । हाल आर्थिक क्षेत्रमा महिला सहभागिता अभिबृद्धि गर्न हामी सबै लाग्नुपर्ने आवश्यकता छ । हाल आर्थिक क्षेत्रमा महिला सहभागिता बढ्दै गइरहे को भन्ने त साँचो हो तर यतिमै खुशी भैहाल्नुपर्ने अवस्था छैन र धेर ै गर्न बाँकी नै छ । म हरेक क्षेत्रमा महिलाहरुले नेतृत्व गरुन् भन्न चाहन्छु ।
६. तपाईंजस्तै बैंकिङ क्षेत्रमा करियर बनाउन चाहने महिलाहरुलाई तपाईंका सुझाव के छन् ?
बैंकिङ्ग क्षेत्रमा प्रगति गर्न कामको प्रेसर र चुनौती सामना गर्ने आँट राख्नै पर्दछ । बैकिङ सामान्य जागिरभन्दा राम्रो आम्दानी र आकर्षण भएको क्षेत्र पनि हो । यो क्षेत्रमा म १० देखि ५ बजेसम्म मात्र काम गर्छु भनेर हुँदैन र म आफ्नो क्यारियर को लागि जस्तोसुकै जिम्मेवारी र चुनौती सामना गर्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्दछ । बैंकर बन्नका लागि प्रतिस्पर्धा धेर ै नै छ र यसका लागि आफू शैक्षिक रुपमा योग्य र दक्ष त हुनु पर्छ नै आफूलाई योग्य र सक्षम बनाएर आत्मबिश्वासहित चुनौती सामना गर्नसक्छु भन्ने विश्वासका साथ आए बैंकर बन्न र यसमा क्यारियर बनाउन संभव छ । साथै यो क्षेत्रमा आउन चाहने महिलाले परिवार , समाजको लागि धेर ै समय दिन पाउँदिन भन्ने मनमा राखे र आउनुपर्दछ । शैक्षिक रुपमा योग्य र दक्ष भएर आत्मविश्वासका साथ आए बैकिङ्ग क्यारियर राम्रो छ भन्न चाहन्छु ।
७. एकातिर महिलाहरुले हरेक क्षेत्रमा आफूलाई स्थापित गराउँदै आएका छन्, तर घरेलु हिंसा, बलात्कार , दाइजो , बहुविवाहलगायत धेर ै खालका हिंसाबाट पीडितहरुको संख्या पनि सानो छैन । किन होला ?
अहिले नेपालमा प्रायः सबै क्षेत्रमा महिलाहरुले आफूलाई स्थापित गराउँदै आएका छन् जुन कुरा हामी सबैको लागि खुशीको कुरा हो । जबसम्म समाज पूर्णरुपले शिक्षित हुँदैन र समाज पुरुष प्रधान भइरहन्छ तबसम्म यस्ता हिंसाका घटनाहरु भै नै रहनेछन् । महिला र पुरुष शारीरि क बनावट बाहेकका अन्य सबै कुरामा समान हुन् भन्ने धारणाको विकास हुँदैन । तबसम्म समाजमा महिलाहरुमाथि हुने घर ेलु हिंसा, बलात्कार , दाइजो तथा बहुविवाहलगायतका घटना भै नै रहन्छन् । यो सब कम गर्न हामी सबैले खासगरी हाम्रो घरबाटै आफ्ना बानीहरु सुधार्नुपर्दछ । हामी आफैले घरमा छोरा र छोरीमा भेदभाव गरेनौ ं, दुवैलाई समान शिक्षा र अवसर दियौ ं, छोरा र छोरी दुबै बराबर हुन् भनेर संस्कार सिकायौ ं, छोरी र बुहारीलाई समान रुपमा व्यवहार गर्न सक्यौ ं र दुवैलाई समान व्यवहार गर्दै गयौ ं भने यस्ता समस्याहरु बिस्तार ै कम हुँदै जान्छन् । अहिले महिलाहरुलाई परिवारभित्र महिलाहरुले नै साथ नदिएको उदाहरणहरु छन् । परिवारभित्र महिलामाथि हिंसा हुँदा, दाइजोको कारण महिलाहरु प्रताडित हुँदा परिवारकै महिला सदस्यहरुले अर्को पीडित महिला सदस्यलाई साथ दिइरहेको देखिँदैन । घरमा सासुले बुहारीलाई, नन्दले भाउजुलाई आमा तथा भाउजुले छो री तथा नन्दलाई घरेलु हिंसा नगर्ने, हुन नदिने हो भने यो कम हुनसक्छ । हामी महिलाले आफ्नो घर र समाजमा महिलाको इज्जत गर्न सिकेर हाम्रा सन्ततिहरुलाई महिलाको इज्जत गर्न सिकाउने हो भने यसले हिंसा रो क्न सकारात्मक दुरगामी प्रभाव पार्छ, । घर ेलु हिंसा स्वतः कम भएर जान्छ । त्यस्तै महिलाले आफूमाथि भएका दमन र हिंसाको बिरो ध गर्न पनि सक्नुपर्छ । यसका लागि त महिला शिक्षित, सबल र सक्षम हुनुपर्छ । महिला शिक्षाको स्तर बढ्दै गयो , महिला शिक्षित, सबल र सक्षम हुँदै गए, समाजमा छोरा र छोरीमाथिको भेदभाव हट्दै गयो र समाजमा महिलाको इज्जत गर्न महिला तथा पुरुषले सिके भने विस्तार ै यी समस्याहरु समाधान भएर जान्छन् भन्ने मलाई लाग्दछ ।
८. अन्तमा थप केही भन्न चाहनुहुन्छ ?
हामी महिला हौ ं र हामीलाई आधा अधिकार चाहिन्छ भन्दै गर्दा हामी महिला आफै पनि योग्य र सक्षम हुनैपर्दछ भन्ने मलाई लाग्दछ । हामी आफै सक्षम र योग्य हुन सक्यौ भने हामीले अधिकार मागि रहनै पर्दछ भन्ने मलाई लाग्दैन । महिला उत्थानको लागि हामी सक्षम भएका महिलाहरु नै अग्रसर हुनुपर्दछ । हामी महिला आफैले आफ्नो घरमा छोरा र छोरीमा भेदभाव गर ेनौ ं भने , हाम्रा सन्ततिलाई छोरा र छोरी बराबर हुन् भनेर समानताको शिक्षा दियौ ं भने , बुहारी र छोरीलाई समान रुपमा व्यवहार गर्न सक्यौ ं भने , आमा र सासुलाई समान रुपमा व्यवहार गर्न सिक्यौ ं भने , महिला भएर महिलाकै ईष्र्या गर्न छाड्यौ ं भने विस्तार ै महिलाप्रतिको भेदभाव र हिंसा समाजबाटै हराएर जान्छ । बिस्तार ै समाजमा पुरुष प्रधानता हराएर महिलाले समानता र सुरक्षाको महसुस गर्नेछन् । यो दायित्व समाजका हरेक सचेत वर्गको हो । यो दायित्व निर्वाह गर्न हामी सबैले आ आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेलौ ं भन्न चाहन्छु । समानताको आवाज उठाउने समर ेखा म्यागजिनमा मे रा कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद दिन चाहन्छु ।