भावनात्मक स्वास्थ्यका लागि दृृढ ब्यबहार
घटना १
घोराहीकी ११ बर्षीया बालिकालाई आफ्नै घरको छिमेकी, बाबाको साथी अंकल भन्नेले समय समयमा शरीरमा सुम्सुम्याउँथे । छिमेकी अंकलको व्यवहारले बालिकालाई अफ्ठेरो महसुश हुन्थ्यो । तर आफू भन्दा ठूलो मान्छेलाई तुरुन्तै प्रतिकार गर्ने उनको हिम्मत भएन । परिणाम उनी उनै अंकल भन्ने ब्यतिmद्वारा बलात्कृत हुन पुगिन् ।
घटना २
शान्तिनगर गाउँपालिकाका ३० बर्षिय युवा र १७ बर्षिय किशोरी साथी थिए । दुवैको सम्बन्ध राम्रो थियो । एक एक अर्कासँग मिल्थे । उनीहरुको ईमोमा कुरा भैरहन्थ्यो । आफ्नो मनको कुरा सुनाउन अनि साथीका कुरा सुन्न पाउँदा किशोरीलाई खुशी नै लाग्थ्यो । एक दिन युवकले आफू बस्ने कोठामा भेट्न आउ भनी बोलाए । साथी भए पनि उनी कहिले पनि उनको कोठामा गएकी थिइनन् । मिल्ने साथीले बोलाएको हुनाले नजाँदा साथीको सम्बन्ध टुट्ने हो की भन्ने डरले आउँदिन भन्न सकिनन् र गईन् । अन्त्यमा, उनी पनि बलाकृत हुन पुगिन् ।
यी दुई वटै उदाहरणबाट के देख्न सकिन्छ भने आफूलाई मन नपर्दा नपर्दे या असहज महशुस गर्दा गर्दै पनि नाई भन्न⁄दृढ व्यवहार देखाउन नसक्दा पनि हिंसामा पर्ने गरेका छन् । त्यसरी हिंसामा पर्दा उनीहरु ब्यतिmगत तथा सामाजिक रुपमा नै भावनात्मक रुपले कमजोर हँुदै समस्या माथि समस्यामा परेको देखिन्छ ।
जीवनको जुनसुकै क्षेत्रमा पनि सफल हुनको लागि ब्यक्तिमा ईच्छाशतिm, जीवनप्रतिको मोह, अनवरत प्रयास, दृढ विश्वास, दृढ व्यवहार हुनु पर्दछ भन्ने कुरा जहाँ पनि सुनिन्छ र पढिन्छ । पढेका सुनेका यी कुराहरुमा अभ्यास गरियो भने सफल पनि पक्कै भईन्छ । सफल भएका धेरै उदाहरणहरु पनि छन् । आफ्नै साेंचमा दृढ व्यवहार निश्चयी नभएर बिभिन्न्न घटना भएका पनि देखिएकै छ ।
दृढ व्यवहार : आफ्नो र अर्को ब्यक्तिको चाहना ईच्छा, भावना, अधिकार सोंच ध्यानमा राख्दै नकारात्मक भावनालाई नियन्त्रित गर्दे अरुको पनि सम्मान गर्दे आफ्नो बिचार तथा भावनाको बारेमा स्पष्ट अभिब्यक्ति दिनु तथा व्यवहार गर्नु नै दृढ व्यवहार हो । दृढ व्यवहार यस्तो शक्ति हो जसले हर परिस्थितिमा पनि आफूलाई निखारदै अगाडि बढ्न मद्दत गर्छ । भनाई छ नि ईश्वरले पनि उसैको साथ दिन्छन् जसले आफ्नो सहयोग आफै गर्न कोशिस गरिरहेको हुन्छन् । धेरै जसो ब्यक्तिहरुले आफ्नो असफलता या प्रतिकुल परिस्थिती भै दियो भने तुरुन्तै दोषारोपण अरुलाई गर्ने र आफूलाई झूठ्टा सान्त्वना दिई राखेको पाईन्छ तर दृढ व्यवहार ⁄निश्चयी ब्यक्तिले निराशा नभई डटेर समाना गर्दछ । ब्यक्तिले आफूलाई असहज लाग्ने खतराजन्य व्यवहारबाट सुरक्षित राख्न, अरुको दबाबपूर्ण व्यवहार सामनाका लागि आवश्यक हुन्छ दृढ व्यवहार । आफू अगाडिका ब्यक्तिहरुले नराम्रो व्यवहार गरिरहेको अवस्थामा पनि आफ्नो सजिलाको लागि बोल्न नसक्नाको परिणाम उनीहरुले आफूलाई शारीरिक तथा भावनात्मक पीडामा प्¥याउँछन् । मैले अगाडिको ब्यक्तिले भनेको कुरा या व्यवहारलाई अस्वीकार गरे भने म स्वार्थी मानिन्छु होला, आफू भन्दा ठूलाले भनेको हरेक कुरा मान्नु पर्दछ, भनेको नमाने अर्को ब्यक्तिलाई अपहेलना गरकोे जस्तो हुन्छ, चित्त दुख्छ होला, म असभ्य रिसाहा देखिन्छु होला, जस्ता बिभिन्न कुराहरु मनमा राखेर दृढ ब्यबहार गर्न नसक्दा ब्यक्ति तनावमा आउने, रिसाउने, चिडचिडापन हुने, रुने, एक्लोपन महशुस गर्ने, एकोहोरो हुने, डराउने, काम्ने, आत्तिने, निद्रा नलाग्ने जस्ता लक्षणहरु देखा पर्दछन् ।
दृढ व्यवहार देखाउनु पर्दछ भन्नुको अर्थ यो होईन कि आक्रामक व्यवहार देखाउनु पर्दछ । भावनात्मक रुपमा स्वस्थ हुनको लागि आक्रामक व्यवहार राम्रो होईन । त्यसैगरी अधिनस्थ व्यवहार पनि राम्रो हुँदैन । आफ्ना ईच्छा आकांक्षालाई दबाएर अरुको जुनसुकै कुरा, व्यवहारलाई पनि नाइँ भन्न नसक्ने बानी पनि उचित हुँदैन । त्यसैले कुनै ब्यक्तिले गलत मनसायले कुरा या व्यवहार गर्दैछ भन्ने लागेमा बलियो आवाजका साथ प्रतिकार गर्नु पर्दछ । बलियो आवाजको मतलव आफ्ना प्रतिकारका शब्दहरुको वजन बलियो बनाई शान्तै स्वरले ब्यक्तिको आँखामा हेरेरै आफ्नो साेंच र व्यवहार देखाउनु पर्दछ, जसले गर्दा आत्मविश्वास बलियो भएको प्रतित हुन्छ र अगाडिको व्यतिm व्यवहार आफू अनुकूल बनाई भावनात्मक रुपले स्वस्थ भई स्वस्थ जीवन यापन गर्न सकिन्छ ।