गजल
नारीको जीवन सँधै प्रतिबन्धित छ
लुटिन्छ या मारिन्छ भयभित छ ।
हेर्नुस आफ्नै बुवाले छोरी बेचेछ
कसरी भनूँ घर त सुरक्षित छ
कसरी जोगिएला नारीको अस्मिता
देशकै सीमा लुटिएको अतित छ
कोही विद्या त कोही सुशीला बन्लान्
धेरै नारीको जुनी भान्सामै सीमित छ
डाक्टरहरु सिंहदरबार पठाए हुन्छ
पुरुषवादी रोगले सरकार ग्रसित छ
संविधान कागजी बाघ न हो हजुर
लागू नभए पनि शब्दमा लिखित छ