अटो चालकमा महिला आकर्षण
घोराही बजारमा अटोरिक्सा चलाउने पहिलो महिला हुन् लक्ष्मी । उनले अटो चलाउन थालेपछि अरु महिला पनि यो काममा जोडिएका छन् ।
दुई वर्ष भयो लक्ष्मी रानाको दैनिकी फेरिएको छ । विहानको घर धन्दा छिटो सकेर हतार हतार अटो लियर वजारमा निस्कनु उनको पछिल्लो दैनिकी भएको छ । घोराही बजारमा अटोरिक्सा चलाउने पहिलो महिला हुन् लक्ष्मी । उनले अटो चलाउन थालेपछि अरु महिला पनि यो काममा जोडिएका छन् ।
आफ्नो लागि आफै केही गर्नु पर्छ भन्ने साेंचाई आएपछि बिकल्पको रुपमा अटो चलाउन रहर जाग्यो लक्ष्मीलाई । श्रीमान्ले चलाउने गरेको अटोरिक्सावाट रिक्सा चलाउन सिकिन् उनले । त्यो रहर आज वरदान सावित भएको छ लक्ष्मीलाई । “शुरुमा त महिला एक्लै भएको र काम पनि नया हुँदा अलि अप्ठेरो लाग्थ्यो ।” राना भन्छिन्, “काम गर्दै जादा बानी परियो ।”
नेपालका विभिन्न सहरहरुमा जस्तै दाङका सहरहरुमा पनि रिक्सा चलाउने काममा महिलाहरुको पनि आर्कषण बढ्दै आएको छ । अटोरिक्सा दाङका वजारमा आउदा महिला चालक नै थिएनन । अहिले अटोरिक्सा महिलाका लागि राम्रो ब्यवसाय वनेको वताउँछिन् लक्ष्मी । “कुनै पनि काम नगर्दासम्म अप्ठेरो लाग्दो रैछ । काम गर्दै जादा बानी पर्ने रैछ ।” उनी भन्छिन्, ”अहिले आम्दानी पनि राम्रो भएको छ ।”
शुरुमा रिक्सा चलाउँदा महिलाले पनि चलाउन सक्छन् र ! भन्ने र सवैले नौलो मानेर हेर्ने गरेको उनको अनुभव छ । लक्ष्मीका श्रीमान् पनि यही पेसामा भएकाले दुवैजनाको पैसा कमाउनेमा प्रतिस्पर्धा जस्तै भएको रमाइलो अनुभव पनि छ उनीसँग । श्रीमान् भन्दा लक्ष्मीले धेरै पैसा कमाउने गरेको वताउँछिन् । यही कमाईले उनीहरुको पाँचजनाको परिवार पालिएको छ । छोराछोरी पढाउने खर्च पनि यही पेसा भएको छ । विहान पाँच वजे नै घरवाट निस्कन्छिन् । दिउँसो ११ वजे खाना खान जान्छिन् । खाना खाएर वजार निस्केकी उनी वेलुका छ वजे मात्र घर फर्किन्छिन् ।
शुरुका दिनमा त घर परिवार आफन्तवाट त्यति सहयोग पाइनन् लक्ष्मीले । आजभोलि भने उनले रिक्सा चलाएको देखेर धेरै महिला घोराही, लमही, तुलसीपुर बजारमा अटो चलाएर हिँड्ने गरेको उनी वताउँछिन् । आफनो अटोमा राखेर धेरै दिदिवहिनीलाइ अटो चलाउन सिकाइन् उनले । सीप सिकाइसकेपछि महिलाहरुलाई पैसाको जोहो गरेर अटोको व्यवस्था पनि गरिदिएकी छन् उनले ।
प्रायः अटोरिक्सा चलाउने पुरुष भएका कारण महिलाले रिक्सा चलाउदा पहिले पहिले त धेरैले अचम्म परेर हेर्थे । अब त धेरै महिलाले यो पेसा अंगालेका छन् । लक्ष्मी जस्तै रिता पनि बिहान पाँचबजे देखि अटो लिएर घोराही वजारमा निस्कने गर्छिन् । उनको चारजनाको परिवार अटोरिक्सा चलाएको कमाइवाट राम्रोसँग पालिएको छ । श्रीमान् वैदेसिक रोजगारमा छन् । दुइ चार पैसाका लागि श्रीमान्को हात थाप्नु परेको छैन । आफ्नै कमाइमा रमाउदा राम्रो लागेको छ रीतालाई पनि ।
पुरुषको तुलनामा महिलाले चलाएको रिक्सा भरपर्दाे हुने भएकाले महिलाले चलाएको रिक्सामा यात्रु चढ्ने गरेको रीता वताउँछिन् । “लक्ष्मीले अटो रक्सिा चलाएको देखेर रहर जाग्यो । आँट आयो अनि यो पेसामा आएकी हुँ, अहिले राम्रो भएको छ ।” रीता भन्छिन् । उनलाई अब श्रीमान्लाइ पनि नेपालमा वोलाएर अर्कोे एउटा अटो किनेर संँगै वस्ने र संगै अटो चलाउने रहर छ । म घरको काममा मात्र सीमित हँुदा आर्थिक रुपमा पछाडि थिएँ, तर आफ्नो कमाइ भए पछि हरेक काममा सजिलो भएको छ । श्रीमान्को भन्दा मेरो मासिक कमाइ धेरै हुन्छ । आजभोलि केही गर्नुपर्छ, गरेपछि सकिन्छ भनेर आँट आएको छ । उनको अनुभवले सिकाएको छ “आफनो लागि आफै गर्नुपर्छ भन्ने सोंचेर अगाडि बढेमा अवश्य सफल होईंदो रहेछ ।”
अटोव्यवसायी समितिको उपाध्यक्ष र महिला अटोचालकको अध्यक्ष समेत रहेकी लक्ष्मी पहिले घोराही वजारमा एक्लै भए पनि अहिले धेरै साथी बनाएको बताउँछिन् । आप्mनो कमाइमा रमाइरहेका लक्ष्मी र रीता त उदाहरण मात्र हुन् । महिलाहरु आफनो काममा लगनशील र इमान्दार हुने भएकाले महिलाले चलायको अटो भर पर्दाे मानिन्छ । महिलाले गरका हरेक सकारात्मक कामलाइ हौसला र सहयोग गर्नु सवैको दायित्व हो ।