Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

रोगको भन्दा अपहेलनाको डर

         गोविन्द खड्का ||   112 Views   ||   Published Date : 21st June 2021 |

विरामी भए पनि पिसिआर गर्नुहुन्न । समाजले हेला गर्छ भनेर भित्रभित्रै रोग पालेर सार्ने खतरा उत्तिकै छ ।

घोराही । ‘दिनको दुई तीनचोटि बाफ लिएँ । मेरो भन्दा बच्चालाई सर्छ कि भन्ने डर लाग्यो । नानीलाई अलि–अलि ज्वरो आयो । अरु कसैलाई केही भएन । म पनि अब त सञ्चो भएँ’– यो भनाइ घरमै बसेर निको भएकी घोराहीकी एक संक्रमितको हो ।
उनलाई शुरुका दिनमा घाटीमा केही अड्के जस्तो अप्ठेरो भयो । खसखस ग¥यो । त्यसपछि ढाड दुख्यो । चक्कर लाग्यो । ‘मान्छेले कोरोना लाग्या छ भन्थे तर जचाउन गइन’ अब त धेरै सञ्चो भइगें ।’ यो बीचमा उनका पिडौला धेरै दुखे । ‘आमालाई चियाले सञ्चो बनायो,’ छेउमै बसेकी छोरीले भनिन, ‘बाबाले पकाउने हामीले लगेर खुवाउने ग¥यौं ।’ उनले तातो पानी, चिया लगायत खानेकुरा धेरै खाइन् ।

दुई तीन दिन धेरै समस्या हुँदोरैछ त्यसपछि छोड्दै जान्छ । त्यसबेला त लथ्रक्कै पार्नेरहेछ । शौचालय जाँदा दिसा पिसावको गन्ध केही पनि नमानिने रहेछ । खानेकुरा जे खाँदा पनि जिब्रोले थाहै नपाउने । केही दिनसम्म यस्तै चल्यो । चार पाँच दिनपछि हातमा पाउडर राखेर सुँघ्नुभयो । त्यस दिन बल्ल अलि अलि गन्ध आयो । अब निको भएँ भन्ने लाग्यो ।

यस्तै विमार उनको घर छिमेकमा पनि छ । उनीहरु पनि गेट बाहिर निस्केका छैनन् । भित्रै बसेर सहेका छन् । ‘पिसिआर गर्ने हो भने दुनियाँले कोरोना लागेको छ भनेर हेला गर्छ । दिने कसैले केही होइन । यसको औषधि पनि बनेको छैन । त्यसैले घरै बसेर पचाउने हो । म त मरिजान्छु जस्तो भयाथ्यो’– अर्की विरामी महिलाले भनिन् । उनले सिटामोल मगाएर खाइन् । घरबाहिर निस्किइनन् । अहिले पूर्ण निको भएर कामकाज शुरु गरेकी छन् ।

‘हाम्रो त यतातिर घर–घरै विरामी छन्,’– एक शिक्षकले भने, ‘जचाउन कोही जान्नन् ।’ उनका अनुसार कोरोना हो कि होइन भन्ने थाहा छैन । तर लक्षणहरु त्यस्तै देखिन्छन् । पिसिआर गर्न कोही मान्दैनन् । घरयासी उपचारमा छन् । विरामीले जोखिम ल्याउने भन्दा लाज हुने बढ्ता चिन्ता छ । बदनाम होला, घर बार्लान्, आफन्त इष्टमित्र समेत आउन छोड्लान भन्ने पिर छ । यस्तै कारणले धेरै संक्रमितले कोरोना लुकाएर घरमै बसेका छन् ।

यति बेला पिसिआर गरेपछि अति आवश्यक काम हड्किने, नेगेटिभ रिपोर्ट नआउँदासम्म घरमै बस्नुपर्ने बाध्यता छ । त्यसो गर्दा काम गरी खानेलाई निकै कठिन हुने एक वायरिङ मजदुरले बताए । त्यसो भन्दा जाँचै नगरेपछि सात आठ दिनभित्रै काममा फर्किन सकिन्छ । पोजेटिभ रिपोर्ट नल्याएकालाई नेगेटिभ रिपोर्ट पनि चाहिँदैन । कतै बन्देज पनि हुँदैन ।

‘धेरैजना घरमै थुनुवा भएका छन् । कसैसँग बोल्न डराउँछन् । म बोलेर उसलाई कोरोना होला भन्ने साँघुरो साेंच हुन्छ । छर छिमेकको त्यो अवस्था हेरेकाले पनि आफूलाई पर्दा देखाउँदैनन् । म गेटको भित्तामा अडिएको थिएँ’ एक पुरुषले भने, ‘त्यहाँ नछोइए, कोरोना लाग्या घर हो’ भने मत अचम्म परें ।’ उनका अनुसार दूरी कामय गरी भेट्ने हौसला दिने भन्ने छैन । बाँच्छस् केही हुन्न, चिन्ता नगर भन्ने मान्छे हु‘दैन । खाली हेप्ने, हेलाँ गर्ने, अपच व्यवहार देखाउने समाज बनेको छ ।

यस्तो वातावरणले बाँच्नु बेकार छ भन्ने सोंच पलाउन सक्छ । विरामी भए पनि पिसिआर गर्नुहुन्न । समाजले हेला गर्छ भनेर भित्रभित्रै रोग पालेर सार्ने खतरा उत्तिकै छ । ‘मेरो छिमेकमा कोरोना लाग्या छ’– अर्का एक व्यक्तिले भन्े, ‘उसको घरमा ल्याइदिने कोही छैन के गरोस् ।’ उनका अनुसार परिवार विरामी छन् । जो अलि तगडा छ उसैले बजार गर्छ । त्यसो नगरे उसको घरमा आवश्यकता टर्दैन । संक्रमित आफै बजार किनमेलमा जान्छन् । घर छिमेकले हेर्दैनन् । संक्रमितको घरमा सहयोग गर्ने कसैलाई वास्तै छैन ।

अघिल्लो वर्ष कसैलाई रुघा लाग्यो कि कोरोनाको आशंका हुन्थ्यो । सरकारले निःशुल्क जाँचको व्यवस्था गरेको थियो । कोरोना पोजेटिभ देखिए निःशुल्क उपचार गरिन्थ्यो । यसपटक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकहजार एक सय लाग्छ । अन्त झन् महंगो पिसिआर शुल्क छ । घरमा एक जनालाई पोजेटिभ आए सबै परिवारको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्छ । अरुको पनि पोजेटिभ आए फेरि नेगेटिभ ल्याउनुपर्छ । त्यो पनि एकैपटकमा नआउन सक्छ । यसो गर्दा चार पाँचजनाको परिवारमा आर्थिक भार ठूलै थपिन्छ ।

धेरै संक्रमितलाई हावाबाट सर्छ होला भन्ने लागेको छ । शरीरमा उब्जने पो होकि भनेर पनि शंका गर्छन् । उनीहरुका अनुसार ज्यान अनुसार असर देखाएको छ । ‘नकारात्मक समाचार रोकौं’– भर्चुअल माध्यमबाट निःशुल्क विरामीको सेवामा खटिनुभएका डा. बसन्त पुनले भन्े, ‘मानिसहरु कोरोना लुकाएर अरुलाई फैलाउने खतरा बढ्यो ।’ उनका अनुसार आफू बसेको टोलमा पनि धेरै विरामी देखिए । रोग लुकाउनुहँुदैन भनेर मेरो टोलभरी हिंडे । तथ्यांकमा हेर्दा कोरोना संक्रमित घटेको देखिन्छ । वस्तीहरुमा बढेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np