लकडाउनले बिक्री भएनन् किसानका तरकारी
दाङ । कोरोनाका कारण दाङमा लकडाउन भएपछि यहाँका किसान मर्कामा परेका छन् । तरकारी बारीमै खेर जाँदा लगानी नउठ्ने उनीहरुलाई चिन्ता छ ।
घोराही उपमहानगरपालिका–२ का सीता चौधरीले घर नजिकै दुई स्थानमा तीन बिगाहाभन्दा बढी जमिनमा व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएकी छन् । अहिले उनले उत्पादन गरेका तरकारी खानलाई तयार भएका छन् । कोरोनाका कारण दाङमा एक महिनादेखि लकडाउन छ । खेतमा उत्पादन भएको तरकारी खेर गएपछि उनी चिन्तित भएकी छन् ।
महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले तरकारी बजार पूर्णरूपमा ठप्प भएपछि बारीमा उत्पादन भएको टमाटर, भन्टा, लौका, भिण्डी, करेला, फर्सीलगायतका तरकारी बिक्री गर्न नपाएरै खेर गएको देखेर चिन्तित भएको चौधरीले बताइन् । ‘विशेषगरी बारीमा उत्पादन भएको तरकारी घोराहीको सब्जीमन्डी र बजारका घरघरमा गएर बिक्री गर्ने गर्थे’, उनले भनिन्, ‘निषेधाज्ञाले बजार पूर्णरूपमा ठप्प भएपछि तरकारी बिक्री गर्न एकदमै मुस्किल भएको छ ।’ गत बर्ष तरकारी बिक्रीबाट चारलाख रुपैया आम्दानी भएको थियो यसपाली सबै लगानी खेर जाने भयो ।’ चौधरीले भनिन् ।
घोराही उपमहानगरपालिका १७ कर्जाहीका आशिका चौधरी विगत दश वर्षदेखि व्यावसायिक तरकारी खेती गदै आएकी छन् । अहिले वारीमा करेला, भिण्डी, लौका, काँक्रा आदि तरकारी फलेका छन् । एक कठ्ठाको दुइहजार रुपैयाँ भाडा तिर्ने सर्तमा दश वर्षलाई जग्गा लिएको हो । आफ्नो र भाडाको गरेर डेढ विगाहा जमिनमा तरकारी खेती गरेको उनी बताउँछिन् । बारीमा फलेको करेला र लौका छिटुवामा बोकेर बजार लगेर विक्री गर्न पनि डराउनु परेको छ । किसानको तरकारीले बजार नपाएको र श्रम अनुसारको मुल्य नपाएको उनी वताउँछिन् । ‘मल, विऊ, आपm्नो मेहनत सबै खेर गयो । गत वर्ष तरकारी वेचेर एक सिजनमा दुई लाख आम्दानी भएको थियो ।’
यसपालीको तरकारी तयार भएर बिक्री गर्ने समयमा कोरोनाको प्रकोप आएकोले लगानी पनि खेर जाने भयो । ‘तरकारी बजार खुलेको छैन । घरघरमा गएर बिक्री गर्नलाई जनशत्तिको कमी छ । पाँच वर्षदेखि जमिन ठेक्कामा लिई व्यावसायिकरूपमा तरकारी खेती शुरु गरेका चौधरीले वार्षिक पाँचदेखि आठ लाख जति फाइदा लिने गरेका थिए । उनले भने, ‘अघिल्ला वर्षमा तरकारी व्यवसायबाट निकै आम्दानी हुने गर्दथ्यो तर कोरानाका कारण गत वर्ष र यस वर्ष गरिएको बन्दाबन्दीले व्यवसायमा निकै घाटा व्यहोर्नुपरेको छ ।’
लमही नगरपालिका ६ बलामपुरकी दुखनी चौधरीले १२ कठ्ठामा जमिनमा खरभुजा खेती गरेकी छन् । निषेधाज्ञा अघि तरकारी लिनका लागि व्यवसायी खेतबारीमा नै आउने गरेका भए पनि अहिले बन्दाबन्दीका कारण व्यवसायी आउन छोडेका छन् । खरभुजा बिक्रीका लागि घोराही आउनु पर्छ । चौधरीको गत वर्ष ७० हजारको खरभुजा बिक्री भएको थियो, यसपाली फलेको खरभुजा बिक्री गर्न नपाएर लगानी खेर जाने भएको छ । खरभुजासँगै बारीमा भिन्डी, करेला, बोडी लटरम्म फलेका छन् । बिक्रीका लागि तयार भए पनि बिक्री गर्ने ठाउँ नभएका कारण किसान धेरै मारमा परेका छन् ।
यतिखेर देशभरका किसानका समस्या उस्तै उस्तै छन् । ब्यवसायिक किसानलाई फलेको तरकारी बिक्री गर्न नपाएर घाटा ब्यहोर्नु परेको छ । बिक्रीका लागि तयार भएका तरकारी खेर गएको छ । लकडाउनमा उत्पादित वस्तु वजारीकरणको व्यवस्था नहुँदा तरकारी कुहिएर खेर गयो । कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि दाङमा वैशाख १७ गतेदेखि निषेधाज्ञा जारी छ । किसानलाई जमिनको भाडा कहाँबाट दिने, परिवार कसरी पाल्ने भन्ने चिन्ता लागेको छ । यो सिजनमा देउखुरी क्षेत्रमा फलेको तरकारी घोराही , नारायणपुर र तुलसीपुरका नागरिकलाई धानेको थियो ।
दाङका किसानहरु पछिल्लो समयमा व्यावसायिक तरकारी खेती गरेर आत्मनिर्भर हुन थालेका थिए । लगातारको बन्दाबन्दीले उत्पादन गरेको तरकारी बिक्री गर्न नपाउँदा निरास भएका छन् । अघिकांश किसानका बारीमा अहिले गोलभेडा, काँक्रो, लौका, करेला, फर्सी, बोडी, भिण्डी, खुर्सानी, भान्टा लगाएतका तरकारी बिक्रीका लागि तयारी अवस्थामा छन् ।
कृषि ज्ञान केन्द्र दाङका प्रमुख वुद्धिराज घिमीरेले जिल्लामा उत्पादित तरकारीको बजार भाउ नपाउने अवस्था रहेको वताउनुभयो । बन्दाबन्दीका कारण कृषकको तरकारी बिक्री गर्न नसकेर खेर जान थाले पनि यो समस्या हल गर्न नसकिएको बताउनुभयो ।
जिल्लामा वाषर््िाक रुपमा ४२ हजार ७७ हेक्टरमा तरकारी खेती हँुदै आएको छ भने ८२ हजार पाँचसय मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ । हिउँदे २० हजार तीन सय १५ हेक्टरमा तरकारी खेती हुँदै आएको छ । ३८ हजार मेट्रिक टनको हाराहारीमा उत्पादन हुँदै आएको कार्यालयले जानकारी दिएको छ ।
दाङमा उत्पादन भएको तरकारी अन्य जिल्लाहरुमा पनि बिक्री हुने गरेको तरकारी व्यवसायीको भनाइ छ । निषेधाज्ञाले गर्दा होटल, रेष्टुरेन्ट बन्द हुँदा तरकारीको खपत नभई खेतबारी मै कुहिएर खेर गएको छ ।