निषेधाज्ञाको साढे एक महिनामा ७३ जना बलात्कृत
बलात्कृत भएका महिला तथा वालिकाहरुलाई नै घटनाको दोषि देख्ने सामाजिक दृष्टिकोण र घटनापश्चात महिला तथा वालिकाहरुलाई उनीहरुका परिवारलाई समेत गरिने दुव्र्यवहार तथा सामाजिक लाञ्छनाका कारण पनि बलात्कारका धेरै घटनाहरु बाहिर नआएको
निषेधाज्ञाको साढे एक महिनामा ७३ महिला बलात्कारको शिकार भएका छन् । महिला पुनस्र्थापना केन्द्र ओरेक नेपालले निषेधाज्ञा शुरु भएको बैशाख १६ देखि जेठ ३१ सम्ममा ७३ बलात्कारका घटना भएको जनाएको छ । यी बलात्कारका घटनामध्ये ३६ प्रतिशत घटनाका जिम्मेवार आफ्नै छिमेकी रहेको ओरेकले जारी गरेको तथ्यांकमा उल्लेख छ ।
यसरी बलात्कारबाट पीडित हुनेहरुमध्ये ३६ प्रतिशत महिला तथा बालिका छिमेकीबाट, १९ प्रतिशत आफ्नै परिवारका सदस्यबाट पीडित भएका छन् । परिवारका सदस्यमध्ये पाँच बुवाबाट, एक मामाबाट, दुई ससुराबाट, एक जेठाजुबाट र पाँच परिवारका अनय सदस्यबाट महिला तथा बालिका बलात्कारबाट पीडित भएको ओरेक नेपालले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसैगरी १४ बलात्कारका घटना प्रेमी ठानिएकाबाट, एक वटा शिक्षकबाट र १८ वटा अन्जान व्यक्तिबाट भएको उल्लेख छ ।
यी घटनाहरुमध्ये सबैभन्दा बढी ४७ प्रतिशत १६ बर्षभन्दा कम उमेरका बालिकाहरु रहेका छन् भने १७ देखि २५ बर्ष उमेर समुहका ३२ प्रतिशत , २६ देखि ३५ वर्ष उमेर समूहका नौ जना रहेका छन् । त्यस्तै ३६ देखि ४५ वर्ष उमेर समूहका दुई जना र पाँच जना उमेर समूह थाहा नभएका बालिकाहरु निषेधाज्ञाको साढे एक महिनामा बलात्कृत भएको संस्थाको विज्ञप्तिमा उल्लेख छ ।
बलात्कृत भएका महिला तथा वालिकाहरुलाई नै घटनाको दोषि देख्ने सामाजिक दृष्टिकोण र घटनापश्चात महिला तथा वालिकाहरुलाई उनीहरुका परिवारलाई समेत गरिने दुव्र्यवहार तथा सामाजिक लाञ्छनाका कारण पनि बलात्कारका धेरै घटनाहरु बाहिर नआएको ओरेक नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेको भनाई त ।
ओरेकले यस निषेधाज्ञाको समयमा गरेको अभिलेख अनुसार यो अवधिमा तीन सय ७१ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएको पाएको छ । जेठ १६ देखि जेठ ३१ गतेसम्मको दुई हप्तामा एक सय ७१ जना महिला तथा बालिकामाथि विभिन्न किसिमको हिंसा भएको ओरेकको तथ्यांकले देखाएको छ ।
निर्देशक न्यौपानेले समाजमा रहेका महिला तथा किशोरीहरूलाई हेर्ने विभेदकारी दृष्टिकोण रहेसम्म हाम्रा समाजका महिला र किशोरीहरूमाथि हुने यौनजन्य दुव्र्यवहार र बलात्कारका घटनाहरूमा कमी नआउने भन्दै लैङ्गिक विभेदमा आधारित हिंसा अन्त्य गर्दै लैङ्गिक समतामूलक समाजको निर्माणमा जुट्न सबै सरोकारवालाहरूले विशेष जोड दिनुपर्ने वताए ।