Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

एकवर्षमा साढे छसय बढी महिला हिंसाका घटना

         समरेखा प्रतिनिधि ||   43 Views   ||   Published Date : 3rd August 2021 |

बाँके । बाँके जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा घरेलु हिंसाका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय बालबालिका, महिला, ज्येष्ठ नागरिक केन्द्र महिला सेलकी सूचना अधिकृत रमा शिरिषले दिएको जानकारी अनुसार यो अवधिमा प्रहरीमा कूल छ सय ६२ घटना दर्ता भएका थिए ।

यसरी प्रहरीमा परेका उजुरीमध्ये ५९ घटना अदालतमा पठाइएको छ भने हाल एक सय ९१ घटनाबारे महिला सेलमा अनुसन्धान प्रक्रिया चलिरहेको छ ।

विसं २०७७ को भदौमा घरेलु हिंसाका सबैभन्दा बढी घटना दर्ता भएका छन् । भदौमा मात्र ८२ ठाडो उजुरी दर्ता भएका थिए । सबैभन्दा कम भने गत वैशाखमा उजुरी दर्ता भएका छन् । वैशाखमा ३२ मात्र उजुरी दर्ता भएका छन् ।

त्यस्तै कूल उजुरीमध्ये २४ निवेदक सम्पर्कमै नरहेको प्रहरीको भनाई छ । हाल विभिन्न बहानामा महिलामाथि हिंसा दिनप्रतिदिन भइरहेका छन् । महिला सेलका अनुसार आव २०७७/७८ को तथ्यांकअनुसार जिल्लामा हालसम्म दर्ता भएका उजुरीमध्ये तीन सय ८८ घटनाउपर मिलापत्र भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np