सुरक्षा दिँदै म्यादी प्रहरी महिला
संविधानसभा निर्वाचन २०७० का बेला जिल्ला प्रशासन कार्यालय अगाडि सुरक्षा दिँदै म्यादी प्रहरी । गृह मन्त्रालयले नेपाल प्रहरीअन्तर्गत रहने गरी देशभर ४५ हजार म्यादी प्रहरी खटाइएको थियो । दाङमा १ सय ६ जना महिला म्यादी प्रहरी कार्यरत थिए । म्यादी प्रहरीले डेढ महिनामा १८ हजार ५ सय ९२ तलब, ४ हजार ५ सय २ रुपैयाँ रासन भत्ता, २ हजार रुपैयाँ भ्रमण भत्ता, ५० रुपैयाँ खाजा खर्च गरी जम्मा २५ हजार ४ सय ४४ रुपैयाँ पाएका छन् ।